२०८१ माघ ५, शनिबार
Health Aawaj logo
गृहपृष्ठसमाचारमेडिकल मीराकल, चिकित्सकहरुले गर्भमै गरे बच्चाको ‘ब्रेन सर्जरी’

मेडिकल मीराकल, चिकित्सकहरुले गर्भमै गरे बच्चाको ‘ब्रेन सर्जरी’

१० जनाको चिकित्सक टोलीले दुई घण्टा लगाएर गरे सर्जरी, दुई दिनपछि जन्मिइन् शिशु


सात हप्ताकी डेनवर कोलमैनको अहिले अहिले थाहा छैन, उनी कति ठूलो चमत्कारपछि दुनियाँमा आउन सकेकी हुन् । जब उनी शिशुका रुपमा आमाको गर्भमा थिइन्, त्यहीबेला उनको ब्रेनको सर्जरी भएको थियो ।

बोस्टन नजिकै बसोबास गर्ने यी बच्चीले यो एक्सपेरिमेन्टल सर्जरीमा सामेल भएर इतिहास रचेकी छन् ।

बोस्टन चिल्ड्रेन हस्पिटलका विशेषज्ञ चिकित्सक डा. डैरेन ओरवैककाअनुसार बालिकाको ब्रेनमा रेयर ब्लड भेसल एबनर्मोलिटी (नसामा ब्लड कलटिङको समस्या) थियो । मेडिकल साइन्समा यसलाई भेन अफ गेलेन मालफर्मेसन (भीओजीएम) भनिन्छ ।

यस अवस्थामा ब्रेनबाट मुटुसम्म रगत जाने नसाहरु सही ढंगले विकसित भएका हुँदैनन्, जसका कारण मुटुमाथि दबाब पर्छ ।

मष्तिस्कभित्र १४ मीमीको पाकेटमा जम्मा भइरहेको थियो रगत

डा. ओरबैक भन्छन्, ‘डेनवरको दिमागमा १४ मिमी चौडा पाकेटमा रगत जम्मा हुन लागेको थियो । यसबाट अक्सर बच्चाको हार्ट फेल वा ब्रेन ड्यामेज हुन्छ । उनीहरु लामो समयसम्म जिउँदो रहन सक्दैनन् ।’ डा. ओरबैककाअनुसार ३६ वर्षीया केन्याटा कोलमैनको गर्भावास्थाको ३० औं हप्ताको रुटिङ अल्ट्रासाउण्डमा यो समस्या पत्ता लागेको थियो ।

डेनेवरको अल्ट्रासाउण्ड इमेज १५ मार्चमा लिइएको थियो । जब उनी आमाको गर्भमा थिइन् र उनको ब्रेन सर्जरी भइरहेको थियो ।

१५ मार्चको गर्भावास्थाको ३४ औं हप्तामा चिकित्सकहरुले ऐतिहासिक क्लिनिकल ट्रायलका लागि सर्जरीको योजना बनाए । आमालाई स्पाइनल एनेस्थेटिक दिइएको थियो ताकि उनी चेतन अवस्थामा रहनु । उनी सर्जरीको पूरा समय हेडफोनमा म्युजिक सुनिरहेकी थिइन् ।

भ्रुणलाई घुमाएर निडिल पुर्‍याउन चुनौतीपूर्ण थियो । डा. ओरबैक भन्छन्, ‘दोस्रो चरण थियो भ्रुणलाई घुमाउनु ताकि ब्रेनको अगाडि ल्याएर पहुँच बनाउन सकियोस् । भ्रुणलाई पीडाबाट बचाउन र मुभमेन्ट रोक्नका लागि इन्जेक्सन दिइएको थियो ।’

अमेरिकी अस्पतालमा मेडिकल मीराकल

डा. ओरबैककाअनुसार १० जना डाक्टरुको टिमले लामो निडललाई भ्रुणसम्म पुर्‍याउनका लागि अल्ट्रासाउण्डको सहयोग लिएका थिए । नसाहरु पूर्ण रुपमा विकसित भएका थिएनन्, जसका कारण रगतको फ्लो बढी थियो । टिमका सदस्यहरुले निडलको सहयोगमा यसको चारैतिर केथेटर पुर्‍याए । जसमा रगतबाट भरिएको ठाउँमा सानो—सानो प्लेटिनम कोइल हाल्न सकियो । हरेक कोइलभित्र जाँदा विस्तारित हुन्थ्यो, जसले धमनी र नसाको जक्सनलाई ब्लक गर्न सहयोग मिल्यो ।

यही दौरान टिमका केही सदस्यहरुले बच्चीको दिमागमा ब्लड फ्लोको निगरानी राखे । जब रक्तचाप सामान्य अवस्थामा आएको सुनिश्चित भयो, तब कोइल इन्जेक्ट गर्न बन्द गरियो र सावधानीपूर्वक निडलहरु हटाइयो ।

यो सर्जरी २० मिनेटमा भएको थियो । पूरा प्रक्रियामा दुई घण्टा लागेको थियो । सर्जरी सफल भयो । यसको दुई दिनपछि डेनेवर दुनियाँमा आइन् ।

‘रक्तचाप सामान्य भएपछि मात्र राहत महसुस भयो,’ डा. ओरबैक बताउँछन्, ‘स्क्रीनिङका दौरान प्रमुख भागहरुमा रक्तचाप सामान्य देखियो । जन्मिदा बच्चाको वजन १.९ किलो थियो । कुनै पनि जन्मजात अक्षमता पनि थिएन ।’ डा. ओरबैककाअनुसार अहिले आमा र छोरी दुवै पूर्ण रुपमा स्वस्थ छन् ।

बच्चीकी आमा केन्याटा भन्छिन्, ‘जब छोरी रोएको सुने । त्यो बेलाको अनुभूति बयान गर्न सक्दिनँ ।’

 

-दैनिक भाष्करबाट भावानुवाद


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ