२०८१ पुस ११, बिहीबार
Health Aawaj logo
गृहपृष्ठकर्णाली प्रदेशबाजुराको जगन्नाथ गाउँपालिकामा निःशुल्क आँखा शिविरबाट ७२० जना लाभान्वित

बाजुराको जगन्नाथ गाउँपालिकामा निःशुल्क आँखा शिविरबाट ७२० जना लाभान्वित


सुर्खेत – बाजुरा जिल्लाको जगन्नाथ गाउँपालिकामा आयोजना गरिएको निःशुल्क आँखा शिविरबाट ७२० जना लाभान्वित भएका छन् । जगन्नाथ गाउँपालिकाको आयोजना र गेटा आँखा अस्पताल धनगढी, कैलालीको समन्वयमा आयोजना गरिएको तीन दिने निःशुल्क आँखा शिविरबाट ७२० जनाले सेवा लिएका हुन् ।

अस्पतालमा जान नसक्ने ज्येष्ठ नागरिक तथा आर्थिक अभावले उपचार गर्न नसक्ने स्थानीय बासीले गाउँपालिकाकै विभिन्न स्थानमा सञ्चालन गरिएको शिविरबाट सेवा ७२० जनाले सेवा लिएका छन् ।

बैशाख १४ गतेबाट सञ्चालन गरिएको आँखा शिविरको पहिलो दिन वडा नम्बर–१ को लुमा स्वास्थ्य चौकीबाट १ सय महिला र ११० जना पुरुष गरी २१० जनाले सेवा लिएका थिए भने दोस्रो दिन अर्थात् बैशाख १५ गते वडा नम्बर–३ मा रहेको हुनिमहती स्वास्थ्य चौकीबाट ११५ महिला र १५० पुरुष गरी जम्मा २७५ जनाले सेवा लिएका छन् । शिविरको अन्तिम दिन अर्थात् बैशाख १६ गते वडा नम्बर–६ मा रहेको सामुदायिक स्वास्थ्य चौकीबाट १ सय महिला र १३५ जना महिला गरी जम्मा २३५ जनाले सेवा लिएको गाउँपालिकाका अध्यक्ष कालीबहादुर शाहीले बताए ।

तीन वटै स्थानमा सञ्चालन गरिएको स्वास्थ्य शिविरबाट ३२५ महिला र ३९५ जना पुरुष गरी जम्मा ७२० जना नागरिकले सेवा लिएको र आँखा शिविरमा प्रत्येक ज्येष्ठ नागरिक महिलालाई आँखा कति कमजोर छ भनेर अक्षर देखाएर स्पष्ट आँखा नदेख्ने बिरामीको आँखा चेक जाँच गरिएको अध्यक्ष शाहीले बताए ।

‘आँखै नदेख्नेहरूलाई आँखाको अप्रेशन गर्ने र सामान्य आँखा तिरमिराउने अलि टाढा नदेख्ने नागरिकलाई औषधी र चस्मा वितरण गरिएको छ ।’ उनले भने,‘आँखै नदेख्ने ९१ जना ज्येष्ठ नागरिक महिला र पुरुषहरूको कोल्टीमा बैशाख २४, २५ र २६ गते सञ्चालन हुने निःशुल्क स्वास्थ्य शिविरमा आँखाको मोतिया बिन्दुको अप्रेशन र उपचार गरिने छ ।’


क्याटेगोरी : कर्णाली प्रदेश, समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ