२०८१ माघ ६, आईतबार
Health Aawaj logo
गृहपृष्ठसमाचारकुल बजेटको १० प्रतिशत बजेट स्वास्थ्यमा विनियोजन गर्न एनएमएको माग

कुल बजेटको १० प्रतिशत बजेट स्वास्थ्यमा विनियोजन गर्न एनएमएको माग


काठमाडौं—नेपाल चिकित्सक संघ (एनएमए)ले कुल बजेटको १० प्रतिशत बजेट विनियोजन माग गरेको छ । शुक्रबार अर्थमन्त्री प्रकाशशरण महतलाई ज्ञापनपत्र बुझाउदैं एनएमएको प्रतिनिधीमण्डले उक्त माग गरेको हो ।

यस्तै, चिकित्सकलाई सिधैं सहसचिव (प्रथम श्रेणी)मा सरकारी सेवामा भर्ना गर्न पनि संघले माग गरेको छ । उसले बुझाएको ज्ञापनपत्रमा ‘हाम्रो स्वास्थ्य, हाम्रो जिम्मेवारी’ भन्ने नाराका साथ नसर्ने रोगका लागि बजेट सुनिश्चित गर्नुपर्ने र स्वास्थ्य बिमाको आवश्यक मुल्यांकन र परिमार्जन गर्न माग गरिएको छ ।

यस्तै, हाल रहेको स्वास्थ्य दरबन्दी बढाउनुपर्ने, चिकित्सकहरुलाई सार्क मुलुक वा सो सरहको सेवा सुविधा हुनुपर्ने, चालक, सवारी साधन र आवासलगायतका सुविधा उपलब्ध गराउनुपर्ने, चिकित्सक र स्वास्थ्यकर्मीको उपचारका लागि छुट्टै अस्पतालका लागि बजेट बिनियोजन गर्नुपर्ने, स्वास्थ्य संस्थाको स्तरोन्नती गर्नुपर्ने, राष्ट्रिय विपत्त र महामारीको पूर्व तयारीका लागि स्रोत साधन सम्पन्न तालिम सेन्टरको स्थापना गर्नुपर्नेलगायतका मागहरु ज्ञापनपत्रमा छन् ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ