२०८१ मंसीर १३, बिहीबार
Health Aawaj logo
गृहपृष्ठसमाचारबाजुरामा स्क्रब टाइफसका बिरामी फेला

बाजुरामा स्क्रब टाइफसका बिरामी फेला


बाजुरा– सुदरपश्चिमको पहाडी जिल्ला बाजुरामा पनि स्क्रब टाइफसका बिरामी फेला पर्न थालेका छन् । अत्याधिक मात्रामा जिल्ला अस्पताल बाजुरामा बिरामी बढ्न थालेपछि डाक्टरहरुले विशेष ध्यानमा राखेर उपचार गर्न थालेपछि बाजुरा जिल्ला अस्पतालमा एक महिलामा स्क्रब टाइफसका बिरामी भेटिएको हो ।

जिल्लाको बडिमालिका नगरपालिका(१ पिनालेखकी ५१ वर्षीय महिला किट्टी कार्की स्क्रब टाइफसले संक्रमित भएको जिल्ला अस्पताल बाजुराका एमडीजीपी डाक्टर दुर्गा महर्जनले बताए। उनी एक्कासी अत्याधिक मात्रामा ज्वरो आउने, टाउको दुख्ने समस्याले गर्दा असोज २४ गते जिल्ला अस्पताल बाजुरामा उपचारका लागि आएकी थिइन् पछि उनलाई जाँच गर्दा स्क्रब टाइफस रोगबाट संक्रमण भएको पत्ता लागेको मर्हजनको भनाइ छ।

अस्पतालका अनुसार जिल्ला अस्पताल बाजुरामा कार्की एक हप्तासम्म भर्ना भएकी थिइन्। उनलाई एक हप्ताको उपचार पछि रेफर गरिएको असपताल स्रोतले जनाएको छ।अहिले उनको अवस्था सामान्य रहेको औषधी सेवन गरिरहेको आफन्तले बताएका छन्।


क्याटेगोरी : समाचार, सुदूरपश्चिम प्रदेश



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ