गृहपृष्ठ ∕ समाचार ∕ बैतडीको मेलौलीका स्वास्थ्य संस्था डाक्टरबिहिन बैतडीको मेलौलीका स्वास्थ्य संस्था डाक्टरबिहिन हेल्थ आवाज शुक्रबार, २०७६ कात्तिक ८ गते, ११:४१ मा प्रकाशित बैतडी– बैतडीको तल्लोसोराडमा रहेको केशरपुर प्राथमिक स्वास्थ्य केन्द्र मेलौली डाक्टरबिहिन भएको छ । प्राथमिक स्वास्थ्य केन्द्र स्थापना भएको १६ बर्षपछि गत बर्ष डाक्टर आए पनि गएको फागुन देखि स्वास्थ्य केन्द्र डाक्टर विहिन भएको प्राथमिक स्वास्थ्य केन्द्रका हेल्थ असिष्टेन्ट मुकेशकान्त दयालले बताए । डाक्टर नहुँदा प्राथमिक स्वास्थ्य केन्द्रमा सञ्चालनमा रहेको एक्सरे सेवा पनि प्रभावकारी हुन सकेको छैन् । चोटपटक लागेर आएका बिरामीहरुको एक्सरे गरेपनि त्यसको रिर्पोट हेर्ने जनशक्ति नहुँदा एक्सरे प्रयोगविहिन भएको हेल्थ असिष्टेन्ट दयालले बताए । प्राथमिक स्वास्थ्य केन्द्रमा कार्यरत डाक्टर जीवन कार्कीको संघमा समायोजन भएपछि केशरपुर प्राथमिक स्वास्थ्य केन्द्र डाक्टरविहिन भएको मेलौली नगरपालिकाका स्वास्थ्य संयोजक नारायण चन्दले जानकारी दिए । प्राथमिक स्वास्थ्य केन्द्रमा डाक्टर नहुँदा पोष्टमार्टम गर्नुपर्ने केसहरु पनि पाटन अथवा सदरमुकाम पठाउनु पर्ने बाध्यता रही आएको चन्दले बताए । यस्तै, केशरपुर प्राथमिक स्वास्थ्यकेन्द्रमा गएको एक बर्ष देखि स्टाफ नर्सको दरबन्दी पनि खाली रहेको छ । यसले गर्दा पनि समस्या भएको स्वास्थ्य संयोजक चन्दले जानकारी दिए । क्याटेगोरी : समाचार, सुदूरपश्चिम प्रदेश ट्याग : #sudurpaschim तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार शिक्षामन्त्री विद्या भट्टराईले दिइन् राजीनामा बैशाखमा ८ संघीय अस्पतालमा १५ नयाँ सेवा थप तथा विस्तार… छुट्टै स्वास्थ्य सेवा ऐन जारी गर्न स्वास्थ्यकर्मी ट्रेड युनियनहरुको माग उपकुलपति रिक्त भएका चारवटै प्रतिष्ठानमा निमित्त उपकुलपति तोकिए युएई नेपालको स्वास्थ्य क्षेत्र विकासमा सघाउन तत्पर छ : अध्यक्ष… ६ र ७ बैशाखमा २२ लाख बालबालिकालाई भिटामिन ‘ए’ खुवाइदैं धेरै पढिएका १ २६ वर्षमै ११० बढी अनुसन्धान गरेका युवा डा. संगम २ डा. सुमन श्रेष्ठको सल्लाहः पित्तथैलीको पत्थरीलाई किन बेवास्ता गर्नु हुँदैन् ? ३ नागरिकका स्वास्थ्य विवरण एकीकृत गर्न स्वास्थ्य परिचय नम्बर प्रणाली लागु गर्ने तयारी ४ दोहोरोपना हटाएर स्वास्थ्य बीमा उपचार प्रोटोकल बनाउने तयारी ५ नेपाल स्ट्रोक एसोसिएसनद्वारा वीरगञ्जमा ‘स्ट्रोक मास्टर क्लास’ सम्पन्न ६ इडिसिडिको निर्देशकमा डा झा, घिमिरेलाई हेटौडा पठाइयो ७ परोपकार प्रसूति तथा स्त्री रोग अस्पतालको काँचुली फेर्न तम्सिएका डा. श्रीप्रसाद Kalpana Craft ट्रेण्डिङ आखिर कसरी बनिरहेको छ भान्सामा प्रयोग हुने तेल स्तन क्यान्सरको कारण बैशाखमा ८ संघीय अस्पतालमा १५ नयाँ सेवा थप तथा विस्तार गर्ने मन्त्रालयको तयारी युएई नेपालको स्वास्थ्य क्षेत्र विकासमा सघाउन तत्पर छ : अध्यक्ष मन्सुरी छुट्टै स्वास्थ्य सेवा ऐन जारी गर्न स्वास्थ्यकर्मी ट्रेड युनियनहरुको माग शिक्षामन्त्री विद्या भट्टराईले दिइन् राजीनामा दोहोरोपना हटाएर स्वास्थ्य बीमा उपचार प्रोटोकल बनाउने तयारी जीबीएस सिन्ड्रोम भएका दिपेश उपचारमा आर्थिक अभाव झेल्दैं २६ वर्षमै ११० बढी अनुसन्धान गरेका युवा डा. संगम आखिर कसरी बनिरहेको छ भान्सामा प्रयोग हुने तेल स्तन क्यान्सरको कारण बैशाखमा ८ संघीय अस्पतालमा १५ नयाँ सेवा थप तथा विस्तार गर्ने मन्त्रालयको तयारी युएई नेपालको स्वास्थ्य क्षेत्र विकासमा सघाउन तत्पर छ : अध्यक्ष मन्सुरी छुट्टै स्वास्थ्य सेवा ऐन जारी गर्न स्वास्थ्यकर्मी ट्रेड युनियनहरुको माग शिक्षामन्त्री विद्या भट्टराईले दिइन् राजीनामा दोहोरोपना हटाएर स्वास्थ्य बीमा उपचार प्रोटोकल बनाउने तयारी जीबीएस सिन्ड्रोम भएका दिपेश उपचारमा आर्थिक अभाव झेल्दैं २६ वर्षमै ११० बढी अनुसन्धान गरेका युवा डा. संगम