२०८१ माघ ६, आईतबार
Health Aawaj logo
गृहपृष्ठसमाचारवायु प्रदूषणबारे जनचेतना फैलाउन सेभ द चिल्ड्रेनको ‘साथी’ अभियान

वायु प्रदूषणबारे जनचेतना फैलाउन सेभ द चिल्ड्रेनको ‘साथी’ अभियान


काठमाडौं—वायु प्रदूषणबारे नेपालभर जनचेतना फैलाउने उद्देश्यले सेभ द चिल्ड्रेनले ‘साथी’ अभियान सुरु गरेको छ। विश्वमा नै नेपालको संघीय राजधानी काठमाडौं बढी प्रदूषित सहरको सूचीमा सूचीकृत भएकाले पृथ्वी दिवसको अवसर पारेर सेभ द चिल्ड्रेनले जनचेतना फैलाउन यो अभियान सुरु गरेको हो ।

अभियानमा ‘साथी’ अर्थात सेतो टेडी बियर लिएर अभियन्ताहरू ६ महिनासम्म नेपालभर वायु प्रदूषणबारे जनचेतना फैलाउने कार्यक्रममा सक्रिय रुपमा सहभागी हुनेछन् । अभियानलामा अन्य संघसंस्था, बालबालिका र युवा अभियन्ताको पनि संलग्नता रहने जनाइएको छ।

सेभ द चिल्ड्रेनकी राष्ट्रिय निर्देशक हेदर क्याम्पबेलका अनुसार ‘साथी’ एयर बियर वायु प्रदूषणका कारण बालबालिकाको स्वास्थ्य र भविष्यमा पर्ने प्रभावको प्रतिक हो । यसले बढ्दै गरेको प्रदूषण र जलवायु परिवर्तनले कसरी बालबालिकाको भविष्य माथि खेलवाड गरिरहेको छ र किन हामी यसबारे सचेत हुनुपर्छ भन्नेबारे झकझकाउने काम गर्छ ।

६ महिनाको अवधिमा चार मिटर अग्लो सेतो भालु वा टेडी बियरलाई नेपालका विभिन्न क्षेत्रमा दिगो कम्पनीले प्रदान गर्ने विद्युतीय सवारीमा राखेर डुलाइने सेभ द चिल्ड्रेनले जनाएको छ ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ