नेपाल र भारतबीच स्वास्थ्यका विषयमा संयुक्त अनुसन्धान गर्न बाटो खुल्यो

काठमाडौं– नेपाल र भारतबीच स्वास्थ्य क्षेत्रमा संयुक्त रुपमा अनुसन्धान गर्ने बाटो खुलेको छ । नेपाल सरकारले दुई देशबीच संयुक्त रुपमा अनुसन्धान गर्ने विषयमा एमओयु गर्न स्वास्थ्य मन्त्रालयलाई स्वीकृती दिएसँगै बाटो खुलेको हो ।
५ कात्तिकमा बसेको मन्त्रीपरिषद् बैठकले दुई देशबीच संयुक्त अनुसन्धान गर्नको लागि स्वास्थ्य मन्त्रालयले लगेको प्रस्ताव पारित गरेको हो । नेपाल स्वास्थ्य अनुसन्धान परिषद् र भारतको इन्डियन काउन्सिल अफ मेडिकल रिसर्चबीच अनुसन्धानको क्षेत्रमा सहकार्य गर्ने विषयमा एमओयु गर्न समकक्षीलाई हस्ताक्षर गर्न स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई अख्तियारी दिने निर्णय भएको छ ।
५ गते बसेको मन्त्रिपरिषदको बैठकाको निर्णय सुनाउन आयोजित नियमित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता एवम् सुचना सञ्चार तथा प्रविधिमन्त्री गोकुल बास्कोटाले यो जानकारी दिएका हुन् ।
त्यसैगरी मन्त्रीपरिषद्ले दृष्टि कमजोर भएका विद्यार्थीहरुका लागि पठन सामग्री उपलब्ध गराउने सम्बन्धि अन्तर्राष्ट्रिय कानुन माराकेश सन्धि अनुमोदन गर्न संघिय संसदमा पठाउने निर्णय समेत गरेको छ ।
धेरै पढिएका
- १ इडिसिडिको निर्देशकमा डा झा, घिमिरेलाई हेटौडा पठाइयो
- २ क्षयराेग केन्द्रमा डा तिवारी, गजेन्द्र नारायणमा शाह
- ३ कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान: माथिल्लो कर्णालीको लागि वरदान
- ४ सिभिल अस्पतालको निर्देशकमा प्रा.डा. रेग्मी नियुक्त
- ५ निमित्त महानिर्देशकबाटै स्वास्थ्य सेवा विभाग चलाउने तयारीमा मन्त्री पौडेल
- ६ स्वास्थ्य सेवा विभागको महानिर्देशकमा डा. वाराकोटी
- ७ मोरङको धनपालथानमा १५ शैय्याको निर्माणधीन अस्पतालको काम ठप्प
तपाईको प्रतिक्रिया दिनुहोस