२०८१ माघ ६, आईतबार
Health Aawaj logo
गृहपृष्ठसमाचारविश्व स्वास्थ्य संगठनद्वारा संक्रामक तथा सरुवा रोग अस्पताल पोखरालाई इएमआर हस्तान्तरण

विश्व स्वास्थ्य संगठनद्वारा संक्रामक तथा सरुवा रोग अस्पताल पोखरालाई इएमआर हस्तान्तरण


पोखरामा आयोजित एक कार्यक्रममा विश्व स्वास्थ्य संगठनको सहयोगमा स्थापित र सञ्चालित इलेक्ट्रोनिक मेडिकल रेकर्ड (इएमआर), संक्रामक तथा सरुवा रोग अस्पताल पोखरालाई हस्तान्तरण गरिएको छ । गण्डकी प्रदेशका मुख्यमन्त्रीद्वारा उद्घाटन गरिएको इएमआर विश्व स्वास्थ्य संगठन नेपाल प्रतिनिधि डा. राजेश सम्माजिराव पाण्डवद्वारा अस्पतालका अध्यक्ष प्रा.डा कृष्ण प्रसाद पौडेललाई हस्तान्तरण गरेका हुन् ।

गण्डकी प्रदेशमा पहिलो पटक सुरु गरिएको एकीकृत इएमआर प्रणालीले यहाँका समुदायमा ठुलो सहयोग पुग्ने गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले बताए । कार्यक्रममा प्रदेशका सामाजिक विकास तथा स्वास्थ्य मन्त्री पञ्चराम गुरुङले यस अस्पतालबाट सुरु गरिएको अब बिरामीको रेकर्ड मात्र नभएर उनीहरूको नियमित स्वास्थ्य उपचार सेवालाई सशक्त बनाउने बताए ।

उक्त अवसरमा विश्व स्वास्थ्य संगठनका प्रतिनिधि डा. सम्माजिराव पाण्डवले पाइलट कार्यक्रमको रूपमा सुरु गरिएको यो प्रविधिले मानिसको स्वास्थ्यको विषयमा जानकारी राख्न सजिलो मात्र नभएर उनीहरूको प्रचार प्रणालीलाई छिटो र सहज बनाउन सहयोग पु¥याउने उल्लेख गरे ।
कार्यक्रममा संक्रामक तथा सरुवा रोग अस्पतालका कार्यकारी निर्देशक डा. विकास गौचनले इएमआर गुणस्तरीय आधुनिक चिकित्सा सेवाको आधार स्तम्भ रहेको उल्लेख गर्दै यो प्रविधिलाई सहज सञ्चालनको लागि आजैबाट तालिम सुरु गरिएको पनि बताए ।

त्यस्तै उनले अस्पतालमा सञ्चालित इएमआर प्रणालीमा ३ हजारभन्दा धेरै बिरामीहरूको डिजिटल फाइल बनिसकेको पनि जानकारी दिए । ४० लाख लागतमा स्थापित इएमआर मा विश्व स्वास्थ्य संगठन नेपालले आर्थिक तथा प्राविधिक सहयोग उपलब्ध गराएको हो ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ