२०८१ माघ ६, आईतबार
Health Aawaj logo
गृहपृष्ठसमाचारस्वास्थ्य तथा जनसंख्या वैज्ञानिकहरुको नवौं शिखर सम्मेलनमा १५० कार्यपत्र प्रस्तुत हुने

स्वास्थ्य तथा जनसंख्या वैज्ञानिकहरुको नवौं शिखर सम्मेलनमा १५० कार्यपत्र प्रस्तुत हुने

प्रधानमन्त्री दाहालले उद्घाटन गर्ने


काठमाडौं—नेपालमा स्वास्थ्य तथा जनसंख्या वैज्ञानिकहरुको शिखर सम्मेलन २८ र २९ चैतमा हुने भएको छ । नेपाल स्वास्थ्य अनुसन्धान परिषद्को आयोजनामा हुने सम्मेलनको यो नवौं संस्करण हो ।

‘स्वास्थ्यका लागि अनुसन्धानः कार्यान्वयनका लागि तथ्य र अन्वेषण’ भन्ने मूल नाराका साथ हुने सम्मेलनमा १५० कार्यपत्र प्रस्तुत हुने परिषद्का सदस्यसचिव डा. प्रदीप ज्ञवालीले जानकारी दिए ।

सम्मेलनमा एक दर्जनभन्दा बढी व्यक्तिहरुलाई विज्ञका रुपमा प्रस्तुतीकरणका लागि आमन्त्रित गरिएको छ । सम्मेलनमा दुई वटा प्लेनरी सेसन, ९ वटा प्यारालेल सेसन रहने छन् ।

‘सम्मेलनका लागि जनस्वास्थ्यसँग सम्बन्धित २०१ अनुसन्धानका अब्स्ट्याकहरु प्राप्त भएका छन्,’ डा. ज्ञवालीले भने, ‘जसमध्ये १३७ वटा मौखिक प्रस्तुतीकरण र ६४ वटा पोष्टर प्रस्तुतीकरण हुनेछन् ।’ सम्मेलनमा वैज्ञानिक कमिटीले तयार पारेको मापदण्डअनुसारका विधाहरु जस्तैः जैविक आयुर्वेद तथा परम्परागत चिकित्सा र ट्रान्सलेसन रिसर्च, वातावरणीय स्वास्थ्य तथा जलवायु परिवर्तन, स्वास्थ्य प्रणाली तथा नीति, अनुसन्धानका लागि समन्वय तथा साझेदारी, जनस्वास्थ्य जनसंख्या, आकस्मिक जनस्वास्थ्य र क्लिनिकल रिसर्च एण्ड बायोइथिक्स विधाका अब्स्ट्याक्टहरु प्रस्तुत हुनेछन् ।

उनकाअनुसार सम्मेलनको प्रमुख उद्देश्य नेपालका विभिन्न स्थानमा रहेका स्वास्थ्य अनुसन्धानकर्ताहरु, जनसंख्याविद् र नीति निर्माणकर्ताहरुलाई संलग्न गराएर तथ्यमा आधारित नीति निर्माणमा राज्यलाई टेवा पु¥याउनु रहेको छ ।

सम्मेलनको उद्घाटन प्रधानमन्त्री पुष्पकमल दाहालले गर्नेछन् । स्वास्थ्य तथा जनसंख्या क्षेत्रका स्वदेशी तथा विदेशी विशिष्ट व्यक्तिहरुले आफ्नो मन्तव्य दिनेछन् ।

सम्मेलनमा प्रस्तुत गरिएका उत्कृष्ट मौखिक प्रस्तुतीकरण र पोष्टर प्रस्तुतीकरणमध्ये एक—एक जनालाई उत्कृष्ट एवार्ड प्रदान गरिनेछ । परिषद्ले स्वास्थ्य अनुसन्धान पुरस्कार, मुगेन्द्र सम्झना मेडिकल ट्रष्ट युवा स्वास्थ्य अनुसन्धानकर्ता पुरस्कार (चिकित्सक), उत्कृष्ट स्वास्थ्य अनुसन्धानकर्ता पुरस्कार, मृगेन्द्र सम्झना मेडिकल दृष्ट युवा स्वास्थ्य अनुसन्धानकर्ता पुरस्कार (परिषद् कर्मचारी), स्वास्थ्य अनुसन्धान तथा कृति प्रकाशित गरी ६० वर्ष उमेर पुगिसकेका एक जना अनुसन्धानकर्तालाई लाईफ टाईम एचिभमेन्ट पुरस्कार बाट सम्मानित गरिनेछ । साथै परिष‌द्मा उत्कृष्ट काम गर्ने एक जना स्थायी कर्मचारीलाई वेष्ट पफर्मेन्स एवार्ड पनि प्रदान गर्नेछ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ