२०८१ फागुन २५, आईतबार
Health Aawaj logo
गृहपृष्ठसमाचारस्वास्थ्य सेवा सुधार्न संचार प्रविधिको प्रयोग बढाउनुपर्छ : मन्त्री शर्मा

स्वास्थ्य सेवा सुधार्न संचार प्रविधिको प्रयोग बढाउनुपर्छ : मन्त्री शर्मा


काठमाडौं-संचार, सूचना तथा प्रविधी मन्त्री रेखा शर्माले आम संचार तथा सूचना प्रविधिलाई स्वास्थ्य सेवा सुधारमा उपयोग गर्ने नीति बनाउने बताएकी छन् ।

बिहीबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालय स्वास्थ्य सेवा विभागले गरेको पहिलो महिला स्वास्थ्य सम्मेलन उद्घाटन गर्दै उनले प्रभावकारी टेलिमेडिसिन, डिजिटल सचेतनालगायत कार्यक्रममार्फत स्वास्थ्य सेवा सुधारका लागि कार्यक्रम बनाउने बताएकी हुन् ।

संविधानमा प्रजनन स्वास्थ्यलाई उल्लेख गर्नु ठूलो उपलब्धि हो भन्दै उनले अब यसको कार्यान्वयनमा सबै क्षेत्रको गम्भीर रुपमा ध्यान जानुपर्नेमा जोड दिइन् ।

‘हामीले प्रजनन स्वास्थ्यलाई मौलिक हक त बनायौं तर यसको कार्यान्वयन कसरी गर्ने भनेर आम महिलामा लैजान सकेका छैनौं,’ उनले भनिन्, ‘अब यसको सचेतनता र कार्यान्वयनमा जोड दिनुपर्छ । यसमा आम संचार तथा सूचना प्रविधिको व्यापक परिचालन गर्ने नीति बनाउनुपर्छ ।’

हिजो मात्रै अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको अवसरमा प्रधानमन्त्रीले महिला स्वास्थ्य सम्बन्धी विशेष घोषणा गरेको स्मरण गराउदैं उनले यसलाई प्रभावकारी कार्यान्वयन गर्न स्वास्थ्य मन्त्रालयलाई आग्रह गरिन् । स्वस्थ नागरिकका लागि हरेक आमा स्वस्थ हुनुपर्ने उल्लेख गर्दै मन्त्री शर्माले महिलाको स्वास्थ्यलाई स्वस्थ नागरिक र सबल राष्ट्र निर्माणको आधार बनाउनुपर्ने बताइन् ।

दुई दिनसम्म चल्ने सम्मेलनमा बिज्ञहरुका कार्यपत्रमा छलफल हुने र यसबाट महिला स्वास्थ्यसम्बधी नीति निर्माण गर्न सहयोग पुग्ने स्वास्थ्य सेवा विभागले जनाएको छ ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ