विषादी परीक्षण सम्बन्धि प्रस्ताव विषयगत समितिमा पठाउने मन्त्रिपरिषद्को निर्णय

काठमाडौं—सरकारले फलफूल, तरकारी र खाद्य वस्तुको विषादी परीक्षण सम्बन्धि प्रस्ताव मन्त्रिपरिषद्को विषगत समितिमा पठाउने निर्णय गरेको छ । बिहीबार विहान सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैंठकले उक्त प्रस्ताव छलफलका लागि विषयगत समितिमा पठाउने निर्णय गरेको हो ।
क्याबिनेटले विषयगत समितिमा छलफल सकेर यथाशीघ्र क्याबिनेटमा पेश गर्ने निर्णय गरेको प्रधानमन्त्री पुष्पकमल दाहालको सचिवालयले जनाएको छ ।
यसअघि उक्त प्रस्ताव सरकारले फिर्ता लिएपछि यसको तीब्र आलोचना भएको छ । भारतलगायतका देशहरुबाट आउने तरकारी तथा फलफूलमा विषादी परीक्षणको विषय पछिल्लो समयमा निकै बहसमा छ ।
तर, सरकारले अहिलेसम्म यसका लागि ठोस कानुन तर्जुमा गर्न नसक्दा सीमामा विषादी परीक्षण हुन सकेको छैन ।
धेरै पढिएका
- १ वीर अस्पतालमा मार्च महिनाभर निःशुल्क कोलोनोस्कोपी स्क्रीनिङ गरिने
- २ कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पहिलोपटक ल्याप्रोस्कोपी प्रविधिबाट हाइड्याटिड सिष्टको शल्यक्रिया
- ३ मेथिनकोट अस्पतालमा गर्भवती महिलाको सिजेरियन शल्यक्रिया सम्पन्न
- ४ मुटु रोग विशेषज्ञ डा. ओममूर्ति अनिललाई प्रधानमन्त्री राष्ट्रिय प्रतिभा पुरस्कार
- ५ मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानको रेक्टरमा प्रा. डा. दिनेशकुमार लम्साल नियुक्त
- ६ पूर्वी नेपालमा प्यारासिटामोल इन्जेक्सनको तस्करी : बिक्री गर्ने फार्मेसीमा ताला
- ७ योग के हो ? यसका प्रकार र फाइदा
तपाईको प्रतिक्रिया दिनुहोस