२०८१ माघ ७, सोमबार
Health Aawaj logo
गृहपृष्ठसमाचारघरमै असुरक्षित सुत्केरी हुन्छन् विकट पोख्री गाउँका महिला 

घरमै असुरक्षित सुत्केरी हुन्छन् विकट पोख्री गाउँका महिला 


जुम्ला  – होम डेलिभरी शून्यमा झार्ने सरकारको नीति भए पनि जुम्लाका विकट ग्रामीण भेगका महिला घरमै असुरक्षित सुत्केरी हुने गरेका छन् ।
नजिक बर्थिङ सेन्टर छैन । भिरालो बाटोले बोकेर लैजान सकिँदैन । बोकेर लैजाने घरमा पुरुष पनि हुँदैनन् । टाढा अस्पताल स्वास्थ्य चौकी भएको ठाउँसम्म जाने सवारी साधन गुड्ने बाटो छैन । जसका कारणले गर्दा घरमै असुरक्षित सुत्केरी हुनुको विकल्प छैन ।

तिला गाउँपालिका – ७ पोख्री गाउँकी २६ वर्षीया आशा रोकायाका दुई बच्चा छन् । उनले दुवै बच्चा घरमै जन्माएकी हुन् । दुवै बच्चा ३ दिनसम्म घरमै छटपटाएर सुत्केरी भएको उनले दुखेसो पोखिन् ।

उनले भनिन् नजिक बर्थिङ  सेन्टर, स्वास्थ्य चौकी, अस्पताल छैनन् । टाढा जान सकिए । बोकेर लैजाने घरमा पुरुष पनि हुँदैनन् । पुरुष सबै रोजगारका लागि व्यापार व्यवसाय, मजदुरी गर्ने जिल्ला बाहिर गएका हुन्छन् । गाउँ घरमा महिला, बुढाबुढी ९जेष्ठ नागरिक० मात्रै हुन्छ । उनीहरूले बोकेर अस्पताल ब्रर्थिङ सेन्टरसम्म बोकेर लैजान सक्दैनन् । घरमै सुत्केरी हुनु बाध्यता छ ।

बच्चा छिटो जन्मिन्छ कि भनेर सुत्केरी बेथा लागेको समयमा जङ्गलमा गएर दाउराको भारी ल्याएर आएको उनले बताइन् ।
यस्तै दुई हप्ता अघि उषा बोहरा घरमै सुत्केरी भइन् । उनले पनि सुत्केरी बेथा लागेको दुई दिन पछि बच्चा जन्मिएको हो । गएको ७ महिना अघि जैसरी थापा पनि घरमै सुत्केरी भइन । उनको बच्चा पेटमा उल्टो रहेछ । आशा रोकायाले भनिन् बच्चा जन्मिदा खुट्टा अगाडी आए । बच्चा बाचेन मर्यो ।

पोख्री गाउँमा ६५ घरधुरी रहेको छ । यो गाउँका सबै गर्भवती महिला घरमै सुत्केरी हुने गरेको स्थानीय बताउँछन् । गर्भवती भएको अवस्थामा ४ पटक चेकजाँच गर्नुपर्ने हुन्छ । स्वास्थ्य संस्थामा सुत्केरी भएपछि राज्यले पोषण पत्ताको पनि सुविधा दिएको छ । तर यो गाउँका महिला घरमै असुरक्षित सुत्केरी हुने र पोषण भत्ता सुविधाबाट पनि वञ्चित हुँदै आएका छन् ।

यो गाउँ तिला गाउँपालिका अध्यक्ष मोतिलाल रोकायाकै गाउँ हो । अध्यक्ष रोकायाले भने गाउँमा अहिले बिजुली पानी सबै पुगेको छ । सडक पनि ट्र्याक खोलिएको छ । यो गाउँदेखि दुई घण्टा टाढा घोडेगाउँ स्वास्थ्य चौकीमा बर्थिङ  सेन्टर रहेको छ ।

भौगोलिक विकताका कारण महिलाले बर्थिङ सेन्टरको सुविधा लिन पाएका छैनन् । अब यो गाउँका पनि बर्थिङ  सेन्टर पहल गरिने उनले बताए ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ