विराटनगर—नेपाल फर्मास्युटिकल्स एशोसिएएन (एनपीए)को अध्यक्षमा ललितमोहन पन्त निर्वाचित भएका छन् । शनिबार भएको निर्वाचनको अन्तिम मतपरिणमअनुसार ललितमोहनले ५४० मत ल्याएर अध्यक्षमा निर्वाचित भएका हुन् ।
उनका निकटतम प्रतिस्पर्धी डा. रोभसकुसुम सुवेदीले ३६४ मत प्राप्त गरे । तेस्रो भएका फुलगेन शाहले ६३ मत पाए ।
दुई वटा उपाध्यक्ष पदमा अमृत गौरौले ४१४ मत र देवानन्द साह ३९३ मत प्राप्त गरी विजयी भए । यस्तै, महिला उपाध्यक्षमा सञ्जिता विष्टले ४८४ मत प्राप्त गरेर विजयी भइन् ।
महासचिवमा सञ्जीव शर्मा कट्टेल ५१८ मत ल्याएर निर्वाचित भए । उनका प्रतिस्पर्धी धिरज रौनियारले ४४२ मत प्राप्त गरे ।
दुई वटा सचिव पदमा केदारप्रसाद साह र विवेक श्रेष्ठले क्रमश ४४२ र ४५० मत प्राप्त गरेर विजयी भए । यस्तै, कोषाध्यक्ष पदमा गोपिना राईले ५४१ मतका साथ विजयी प्राप्त गरिन् ।
सह—कोषाध्यक्षमा ५२९ मत ल्याएर निर्मलराज मरासैनी विजयी भए । प्रचार सचिवमा ६०६ मतका साथ अनिश श्रेष्ठ विजय हासिल गरे ।
सदस्यहरुमा सृष्टि प्रजापति र मनोज भट्टराईले क्रमसः ३५५ र २५९ मत ल्याएर विजयी भएका छन् । महिला सदस्यमा भने ४९३ मतका साथ सौभाग्य डंगोल विजयी बनिन् ।
निर्वाचनमा कुल ९९२ मत खसेको थियो । नेपाल फर्मास्युटिक्ल एशोसिएएनमा ललितमोहन नेतृत्वको समूहको वर्चश्व रहेको छ । महिला उपाध्यक्षबाहेक पदाधिकारीमा पन्तको नेतृत्वको समूह निर्वाचित भएका छन् ।