२०८१ माघ ७, सोमबार
Health Aawaj logo
गृहपृष्ठसमाचारसुन्ने क्षमतामा हुने समस्यालाई राज्यले बेवास्ता गरेको आरोप

सुन्ने क्षमतामा हुने समस्यालाई राज्यले बेवास्ता गरेको आरोप

एयरफोनको पूर्ण क्षमताको ६० प्रतिशतभन्दा माथि ध्वनि प्रयोग नगर्न सुझाव


काठमाडौं—मानिसमा सुन्ने क्षमतामा हुने समस्यालाई राज्यले वेवास्ता गरेको सरोकारवालाहरुले आरोप लगाएका छन् । शुक्रबार विश्व श्रवण दिवसको अवसरमा काठमाडौंमा आयोजना गरिएको कार्यक्रममा सरोकारवालाहरुले यस्तो दावी गरेका हुन् ।

कार्यक्रममा नाक, कान घाँटी रोग विशेषज्ञहरुको संगठन सोसाइटी अफ अटरानगेलोजिष्ट एशोसिएसनका अध्यक्ष प्रा.डा. दिपेन्द्र श्रेष्ठले सुन्ने क्षमतामा हुने समस्यालाई राज्यस्तरबाट समस्याको रुपमा नलिइएको बताए । ‘सुन्ने क्षमतामा हुने समस्याले नदुख्ने र बाहिर नदेखिने हुँदा नीति निर्माताहरुको यसमा ध्यान पुगेको छैन,’ डा. श्रेष्ठले भने, ‘सरकारले तयार गरिरहेको २० वर्षे स्वास्थ्य रणनीतिमा यसलाई समेटेर अगाडि बढ्नुपर्छ ।’

बहिरोपन सम्बन्धी राष्ट्रिय रणनीतिका लागि एशोसिएसनको तर्फबाट आफूहरुले तयार गरेर ड्राफ्ट मन्त्रालयमा बुझाएको तर पास भइनसकेको उनले जानकारी दिए । सो रणनीतिमा बहिरोपन निवारणका लागि आवश्यक जनशक्ति र सांगठिनक संरचनासमेत उल्लेख गरिएको उनको भनाइ थियो ।

एशोसिएसनका महासचिव डा. योगेश न्यौपानेले ५ जनामध्ये एक जनाको सुन्ने क्षमतामा समस्या हुने गरेको बताए । उनले सुन्ने क्षमता कम हुने ६० प्रतिशतमा समस्या सुरुमै रोकथाम गर्न सकिने हुनाले सरकारले त्यसतर्फ बढी ध्यान दिनुपर्ने उनको भनाइ थियो । ‘६० प्रतिशत सुन्ने क्षमतामा रहेको समस्या सुरुवाती अवस्थामा नै उपचार गर्न सके रोक्न सकिने हुन्छ,’ डा. न्यौपानले भने, ‘यसमा राज्य र सरोकारवालाहरुले बढी ध्यान दिनुपर्छ ।’

एयरफोन कानमा लगाएर सुन्दा एयरफोनको पूर्ण क्षमताको ६० प्रतिशतभन्दा माथिको ध्वनि प्रयोग गर्न नहुने समेत उनले सुझाव दिए ।

सार्क इएनटी एशोसिएसनका उपाध्यक्ष डा. रवीन्द्र प्राधानांगले बहिरोपनालाई रोकथाम गर्न राज्य र यस क्षेत्रमा काम गर्ने गैरसरकारी संस्थाहरु एकजुट हुनुपर्ने बताए ।

कार्यक्रमअघि नेपाल चिकित्सक संघको भवनबाट प्रभावफेरीसमेत आयोजना गरिएको थियो ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ