२०८१ माघ ७, सोमबार
Health Aawaj logo
गृहपृष्ठसमाचारनेपालमा काम गर्छन् २१ अमेरिकीसहित ३१८ जना विदेशी चिकित्सक

नेपालमा काम गर्छन् २१ अमेरिकीसहित ३१८ जना विदेशी चिकित्सक

कहाँ–कहाँ गर्छन् काम ?


काठमाडौं—नेपालमा ३ सय १८ जना विदेशी चिकित्सकले अनुमति लिएर काम गरिरहेको पाइएको छ । नेपाल मेडिकल काउन्सिलको तथ्यांकअनुसार विभिन्न प्रतिष्ठान, मेडिकल कलेज तथा अस्पतालहरुमा ३ सय १८ जना चिकित्सकहरु कार्यरत छन् ।

‘नेपालका मेडिकल कलेज, चिकित्सा विज्ञान प्रतिष्ठान र निजी अस्पतालमा काम गर्ने विदेशी नागरिक लिएका चिकित्सकहरु हाल ३१८ जनाको दर्ता कायम गरिएको छ,’ काउन्सिलका रजिष्ट्रार डा. कृष्णप्रसाद अधिकारीले भने । नेपालमा काम गर्न विदेशी चिकित्सकले नेपाल मेडिकल काउन्सिलमा दर्ता हुनैपर्ने प्रावधान छ । नत्र गैरकानुनी रुपमा काम गरेको ठहर्छ ।

नेपालमा काम गर्ने ३१८ जना विदेशी चिकित्सकमध्ये स्वास्थ्य विज्ञान प्रतिष्ठान, मेडिकल स्कुल, मेडिकल कलेज, डेन्टल कलेजमा २६५ जना विदेशी चिकित्सक काम गर्छन् । यसैगरी, नेपालमा काम गर्ने धेरै अमेरिकी चिकित्सक काम गर्ने युनाइटेड मिसन टु नेपाल मेडिकल एण्ड डेभपलमेन्ट ट्रष्टमा २५ जना र हिमालय रेस्क्यु एशोसिएसन नेपाल ५ जना विदेशी चिकित्सक आवद्ध छन् ।

नेत्र ज्योति संघमा ५ जना, स्पाइनल इन्ज्युरी रिह्यालिबिलेटन सेन्टरमा १ जना, ह्युमन डेभलपमेन्टल एण्ड कम्युनिटी सर्विसमा ५ जना, गोर्खा वेलफेयर ट्रष्टमा १ जना विदेशी चिकित्सकहरु सक्रिय छन् । इन्टरनेशल नेपाल फेलोसीप (आइएनएफ)अन्तर्गत ४ विदेशी चिकित्सकहरु नेपालमा सेवारत रहेको काउन्सिलको तथ्यांकले देखाउँछ ।

अस्पतालहरुमा कीर्तिपुर अस्पतालमा एक—एक जना अमेरिकी एनेस्थेसियोलोजिष्ट र प्लाष्टिक सर्जन काम गर्छन् । ओम हस्पिटलमा एक जना थाइल्याण्डकी गाइनोकोलोजिष्ट, हिमाल हस्पिटलमा एक जना भारतीय मेडिकल अधिकृत, मकालु एभरेष्ट हस्पिटलमा एक जना भारतीय जनरल सर्जन र नेपाल कोरियामैत्री अस्पतालमा एक जना कोरियन जनरल सर्जन कार्यरत छन् । यसैगरी, नेपाल मेडिसिटी हस्पिटलमा एक जना भारतीय मेडिसिन अंकोलोजिष्ट र बीएण्डसी हस्पिटल एण्ड रिसर्च सेन्टरमा एक जना भारतीय कार्डियोलोजिष्ट सेवारत छन् ।

नेपालमा सक्रिय विदेशी चिकित्सकहरु अर्थोपेडिक्स, जनरल सर्जरी, एनाटोमी, अप्थाल्मोलोजी, कम्युनिटी मेडिसिन, माइक्रोबायोलोजी, एनेस्थेसियोलोजीलगायतका विभिन्न विधाका छन् ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ