२०८१ माघ ७, सोमबार
Health Aawaj logo
गृहपृष्ठसमाचारमोरङमा ८ लाखलाई हात्ती पाइले विरुद्धको औषधि खुवाइने, फागुन ११ बाट अभियान सुरू

मोरङमा ८ लाखलाई हात्ती पाइले विरुद्धको औषधि खुवाइने, फागुन ११ बाट अभियान सुरू


विराटनगर—मोरङमा १२ औं चरणको हात्ती पाइले विरुद्धको औषधि खुवाउने कार्यक्रम फागुनको दोस्रो साताबाट सुरु हुने भएको छ । ११ फागुनबाट मोरङमा हात्ती पाइले विरुद्धको औषधि खुवाउने कार्यक्रम सुरु गरिने जनवास्थ्य कार्यालय मोरङका प्रमुख डा. सुरेश मेहताले जानकारी दिए ।

‘मोरङमा सुरु हुन लागेको हात्ती पाइले विरुद्धको अभियान १२ औं चरणको हो,’ उनले भने, ‘यो अभियानलाई प्रभावकारी बनाएर ८० प्रतिशतलाई औषधि खुवाउने लक्ष्य रहेको छ ।’ औषधि सेवन प्रभावकारी नभएकै कारण १२ औं पटक अभियान सञ्चालन हुन लागेको उनले बताए ।

मोरङमा ११ लाख २८ हजार ९ सय ५७ जना हात्ती पाइले विरुद्धको औषधि खुवाउने उमेर समूहको रहेको डा. मेहताले जानकारी दिए ।

जसमध्ये ८० प्रतिशत अर्थात ८ लाखलाई खुवाउने तयारी गरिएको उनले बताए । ‘यो पटक प्रभावकारी रुपमा अभियान संचालन गरेर अर्को वर्षदेखि हात्ती पाइले विरुद्धको औषधि नखुवाउने लक्ष्य लिएका छौं,’ डा. मेहताले भने, ‘यद्यपि यो अभियानमा सबैले औषधि सेवन गर्नुपर्दछ । ।’ हात्ती पाइले रोग निर्मुल पारेर अगाडि बढन सबैको साथ सहयोगको खाचो रहेको उनले बताए ।

मोरङमा नियमित पाँच वर्षसम्म हात्ती पाइले विरुद्धको औषध सेवन गर्ने १६.७८ प्रतिशत मात्र रहेको जनस्वास्थ्य कार्यालयको अभिलेखमा देखिन्छ । ‘सहरी क्षेत्रमा बसोवास गर्ने शिक्षित मानिसहरु पनि पनि लागूऔषध विरुद्धको औषधि सेवन गर्न नगर्ने परिपाटी रहेको छ,’ उनले भने, ‘त्यसैले पनि हामीले लक्ष्य हासिल गर्न कठिन भएको छ ।’ अभियानमा २ हजार स्वास्थ्यकर्मी परिचालन हुने कार्यालयले जनाएको छ ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ