२०८१ फागुन २८, बुधबार
Health Aawaj logo
गृहपृष्ठसमाचारबुढानीलकण्ठका १३ हजार बालबालिकाको परीक्षण गर्दा १५५ जनामा मुटु रोग

बुढानीलकण्ठका १३ हजार बालबालिकाको परीक्षण गर्दा १५५ जनामा मुटु रोग


काठमाडौँ – बुढानीलकण्ठका १३ हजार बालबालिकाको मुटु परीक्षण गर्दा १५५ जनामा मुटु रोग देखिएको छ । ५ देखि १५ वर्षका बालबालिकाहरूमा गरिएको उक्त परीक्षणमा १५५ जनामा मुटु रोग भएको पाइएको हो ।

१९ सरकारी विद्यालयका ३८२० र निजी विद्यालयका ९१८० जनामा स्क्रिनिङ गरिएको थियो । सोमबार जन्मजात मुटु रोग सचेतना सप्ताहको अवसरमा सहिद गङ्गालाल हृदय रोग केन्द्रले आयोजना गरेको कार्यक्रममा उक्त रिपोर्ट सार्वजनिक गरिएको हो ।

अध्ययन गर्दा ९ जनामा मुटु बाथ रोग समस्या देखिएको र १४६ जनामा जन्मजात मुटुको रोग देखिएको सहिद गङ्गालाल हृदय रोग केन्द्रका निर्देशक डा. चन्द्रमणी अधिकारीले बताए । उनले अब मुगु जिल्ला र धादिङ्गको धुनिवेसी गाविसमा पनि अध्ययन गर्ने तयारी रहेको पनि जानकारी दिए ।

त्यस्तै उक्त सार्वजनिकिकरण कार्यक्रममा एक जनाको जन्मजात मुटु रोगको शल्यक्रिया समेत गर्नु परेको पनि जनाइएको छ ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ