२०८१ माघ ७, सोमबार
Health Aawaj logo
गृहपृष्ठसमाचारआन्दोलनका कार्यक्रम फिर्ता लिएर नियमित काममा जुट्न स्वास्थ्य मन्त्रालयको आग्रह

आन्दोलनका कार्यक्रम फिर्ता लिएर नियमित काममा जुट्न स्वास्थ्य मन्त्रालयको आग्रह


काठमाडौं—स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आन्दोलनका कार्यक्रमहरु फिर्ता लिएर नियमित काममा जुट्न चिकित्सकहरुलाई आग्रह गरेको छ । शनिबार मन्त्रालयका सह—प्रवक्ता डा. समिरकुमार अधिकारीले एक विज्ञप्ति जारी गर्दै आन्दोलनमा जाने चिकित्सक संघको निर्णय फिर्ता लिन आग्रह गरेका छन् ।

‘नेपाल चिकित्सक संघले २०७९ साल माघ २९ गतेका दिन आव्हान गरेको आन्दोलनका कार्यक्रम फिर्ता लिएर नागरिकको स्वास्थ्य उपचारको नियमित काममा जुट्नका लागि सम्पूर्ण चिकित्सक तथा स्वास्थ्यकर्मीलगायत सम्वद्ध सबै स्वास्थ्य संघसंस्थाहरुलाई अनुरोध गर्दछौं ।’

नेपाल चिकित्सक संघले २७ माघमा राष्ट्रिय ट्रमा सेन्टर अगाडि प्रहरीबाट डा. जनिथ सिंहमाथि लाठी चार्ज भएको विरोधमा आइतबार देशभरका अस्पतालमा आकस्मिकबाहेका सेवा नदिने निर्णय गरेको छ ।

मन्त्रालयले स्वास्थ्यकर्मीहरु संवेदनशील बनेर अस्पतालमा उपचारका लागि आउने दीर्घ रोग र जटिल प्रकारका बिरामीको उपचार जुटन समेत आग्रह गरेको छ । संघको उक्त निर्णय फिर्ता लिन आग्रह गरेको हो । साथै, स्वास्थ्य मन्त्रालयले ट्रमा सेन्टर अगाडि डा. सिंहमाथि भएको घटनाले गम्भीर ध्यानाकर्षण भएको समेत जनाएको छ ।

मन्त्रालयले चिकित्सक संघले उठाएका समस्याको समाधान वार्तामार्फत गर्ने पहल भइरहेको समेत जनाएको छ ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ