काठमाडौं—नेपाल चिकित्सक संघ (एनएमए)को नयाँ नेतृत्वका लागि भएको निर्वाचनको मतगणना अन्तिम चरणमा पुगेको छ । मंगलबार साँझ कुल खसेको ६२९२ मतमध्ये ६००२ मतगणना भएको छ ।
मतपरिणामअनुसार अध्यक्षमा सुरुवातीदेखि नै अग्रता लिइरहेका डा. अनिलविक्रम कार्कीको जित निश्चित भएको छ । उनले ३३६२ मत ल्याएका छन् । उनलाई पछ्याइरहेका डा. सन्तोष पौडेलले २२२१ मत ल्याएका छन् । यसैगरी अध्यक्षका अर्का प्रत्यासी डा. शिवजी विक्रम सिलवालले २७९ मत ल्याएका छन् ।
महासचिवमा डा. संजीव तिवारी २५७२ मतका साथ अग्र स्थानमा छन् भने डा। अमृत भुसाल १४१४ मतका साथ दोस्रो स्थानमा छन् । डा। रक्षा श्रेष्ठले भने १३५८ मत ल्याएकी छन् ।
मधेश प्रदेशको उपाध्यक्षमा डा. निरजकुमार सिंह २९२९ मतका साथ अग्र स्थानमा छन् । उनलाई पछ्याइरहेका डा. महेश महासेठले १४९१ र डा. अजयकुमार मिश्रले १०८३ मत ल्याएका छन् ।
बागमती प्रदेशको उपाध्यक्षमा डा. प्रकाश बुढाथोकीले ३३६७ मतका साथ अग्रता बनाइरहेका छन् उनलाई डा. संजय ठाकुरले २१२२ मतका साथ पछ्याइरहेका छन् ।
गण्डकी प्रदेशमा डा. राजन शर्माले ३१६२ मतका साथ अग्रता हासिल गरिरहेका छन् भने उनलाई डा। विकास गौचन २२८० मतका साथ पछ्याइरहेका छन् ।
यस्तै, सुदूरपश्चिम प्रदेशको उपाध्यक्षमा डा. प्रशान्त भट्ट ३१८० मतका साथ अग्र स्थानमा छन् भने उनलाई डा। निरज अर्याल २२१७ मतका साथ पछ्याइरहेका छन् ।
सदस्यहरुमा
डा. अभियान गौतम १८६६
डा. अमित रन्जन मिश्र ३००३
डा. चेतन बस्नेत १४३४
डा. किशोर खत्री २७९७
डा. मनोर दिन सैयद २०२२
डा. मोहम्मद अमुल हक १०८६
डा. पदम नेपाली २४६४
डा. रमेश श्रेष्ठ १५३९
डा. रामकृष्ण आचार्य १३२१
डा. स्मृति महत २६०६
डा. सृजना विष्ट २९९३
डा. सुरेन्द्र यादव १६११
डा. तेज्सु सिंह मल्ल ३१४६
डा. योभिन यादव २६४४