२०८१ माघ ८, मंगलबार
Health Aawaj logo
गृहपृष्ठसमाचारखरिद प्रक्रियालाई पारदर्शी बनाउन स्वास्थ्यमन्त्रीको स्वास्थ्य सेवा विभागलाई निर्देशन

खरिद प्रक्रियालाई पारदर्शी बनाउन स्वास्थ्यमन्त्रीको स्वास्थ्य सेवा विभागलाई निर्देशन

'कोभिड—१९ विरुद्धको भ्याक्सिनको बुष्टर डोज ल्याउने योजना बनाउनुस्'


काठमाडौं—स्वास्थ्य तथा जनसंख्यामन्त्री पदम गिरीले स्वास्थ्य सेवा विभागलाई खरिद प्रक्रियालाई पारदर्शी बनाउन निर्देशन दिएका छ्न् । बिहीबार स्वासथ्य सेवा विभागको अनुगमन गर्न विभाग पुगेका उनले खरिद प्रक्रियालाई पारदर्शी बनाएर काम गर्न निर्देशन दिए ।

‘खरिद प्रक्रियालाई लिएर मिडियामा अनेक समाचार आउने गरेको छ। यसलाई पारदर्शी बनाएर काम गर्नु होला,’ मन्त्री गिरीले भने ।

उनले कोभिड—१८ को बुस्टर डोज ल्याउनेबारे योजना बनाउन विभागका कर्मचारीहरुलाई निर्देशन दिए । ‘छिमेकी राष्ट्रहरुमा कोभिड आइसकेको छ । हाम्रोमा पनि आउनसक्छ । बुस्टरडोज तत्काल लिएर नागरिकलाई लगाउनुपर्छ । त्यसका लागि योजना बनोस् । मन्त्रालयबाट खेल्नुपर्ने भूमिका म खेल्छु,’ उनले भने ।

विभागका कर्मचारीहरुलाई प्रभावकारी रूपमा काममा लाग्न उनले निर्देशन दिए । ‘विभाग जति प्रभावकारी हुन्छ । त्यति नै जनताप्रति उत्तरदायी हुन्छ । जनताले त्यति नै राम्रो स्वास्थ्य सेवा पाउँछन्,’ उनले भने, ‘त्यसैले तपाईंहरु अझै प्रभावकारी भएर लाग्नुस् । राम्रो काम गर्नुभएको छ । यसका लागि धन्यवाद दिन्छु । तर अब हामी कमीकमजोरी पहिल्याएर अझै जिम्मेवार भएर लाग्न आवश्यक छ ।’

उनले आफूले जिम्मेवारी लिएको शाखाको जिम्मेवारी पूरा गर्ने इच्छाशक्ति हुनुपर्नेमा जोड दिए । ‘मन्त्रालय र विभागले आफ्नो जिम्मेवारी पूरा गर्नसक्छ । त्यहीकारण जिम्मेवारी बुझेर काममा जुटिदिनुस्,’ मन्त्री गिरीले भने ।

देशका विभिन्न अस्पतालमा रहेका पूराना स्वास्थ्य उपकरणहरु प्रयोगविहिन रहेको गुनासो आइरहेको भन्दै मन्त्री गिरीले त्यसतर्फ ध्यान दिन निर्देशन दिए । ‘उपकरणहरु यहाँबाट विभिन्‍न ठाउँमा पठाएका छौं । तलबाट माग भएर आएअनुसार खरिद गरिएको हुन्छ । त्यो कुन अवस्थामा छ,’ उनले भने, ‘कतै ती उपकरण प्रयोग नभएर डम्पिङ भएको छ र बिरामी अन्यत्रै गइरहेको अवस्था पो छ कि। नेपाली जनताले आफ्नो पसिनाको कमाइबाट तिरेको राजस्वबाट हामीले किनेका सामाग्री त्यसरी अलपत्र हुनु हुँदैन ।’

उनले स्वास्थ्य संस्थाहरूलाई प्रविधि मैत्री बनाउनुपर्ने बताए । ‘ुघरमा बसेर अस्पतालको बेड खाली छ कि छैन भन्ने कुरा सहजै एप्समा हेर्न सकियोस् । सबै कुरा डिजिटलाईज हुनुपर्छ । मोबाइलबाट हेर्नुपर्छ,’ उनले भने, ‘स्वास्थ्य क्षेत्रमा उत्साहजनक रूपमा देखिने गरी परिवर्तन आउनुपर्छ । बिरामी टिचिंग लग्यो, बेड हुँदैन । त्यसपछि वीर लग्यो, पाटन लग्यो, बाटोमै मर्छ भन्‍ने अवस्था रहनु हुँदैन ।’

प्रयोगशालाहरूको क्षमता अभिवृद्धि गर्नुपर्ने तथा प्रदेशहरूमा व्यवस्थित प्रयोगशाला खोल्नुपर्ने आवश्यकता रहेको उनले बताए ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ