अमेरिकी फार्मास्यूटिकल कम्पनी जायन्ट फाइ जरले यसको कोभिड–१९ औषधिहरूको लागि अनुमानित भन्दा बिक्री कम हुने दृष्टिकोणको साथ मङ्गलवार एक निराशाजनक आय रिपोर्ट जारी गरेको छ ।
औषधि निर्माताको स्टक यस महिना बजारको ४० बिलियन डलर मेटाउँदै १४% डुबेको हो । विश्व महामारीबाट बाहिर आएको र कोरोनासम्बन्धी खोप र औषधिको माग न्यून रहेकाले फाइजरले लगानीकर्ताहरूलाई २०२३ मा राजस्व एक तिहाइले घट्ने अपेक्षा गर्न भनेको थियो ।
कम्पनीको कोभिड भ्याक्सिन र एन्टिभाइरल उपचारबाट भएको संयुक्त बिक्रीले गत वर्ष फाइ जरले २०१९ मा गरेको कुल बिक्रीभन्दा बढी आम्दानी गरेको जनाइएको छ । कोमिनर््याटी भ्याक्सीन तथा प्याक्सलोभिड भाइरस चक्कीले २०२२ मा कम्पनीको १०० बिलियन डलरको बिक्रीमा आधाभन्दा बढी योगदान गरेको थियो ।
गत वर्ष “फाइजरको लागि रेकर्ड तोड्ने वर्ष थियो,“ सीईओ अल्बर्ट बोर्लाले कमाई रिपोर्टमा भने, “हामीले हासिल गरेका कुरामा गर्व छ, हाम्रो ध्यान सधैँ अर्को के हुन्छ भन्नेमा छ ।“
औषधि निर्माताले महिनौँदेखि कमाइ घट्ने सङ्केत गर्दै यो गतिलाई निरन्तरता दिन सक्दैन भन्दै आएका थिए तर यसको परिणाम विश्लेषकहरूले अपेक्षा गरेको भन्दा खराब आएको हो ।
२०२३ को लागि, फाइ जरले कोमिनर््याटीले करिब १३ं५ बिलियन डलर बिक्रीको अपेक्षा गरेको छ । यो अघिल्लो वर्षको तुलनामा ६४ प्रतिशत र विश्लेषकहरूको प्रक्षेपणको तुलनामा १६ बिलियन डलरभन्दा कम हो ।
त्यस्तै फाइजरको प्याक्लोभिडको बिक्री अघिल्लो वर्षको तुलनामा ५८ प्रतिशत र ८ बिलियन डलरमा घट्ने अपेक्षा गरिएको छ । यी नै कुराको तुलनासहित २०२३ मा ६७ देखि ७१ बिलियन डलर मात्र आर्जन गर्ने अपेक्षा राखेको छ ।
रसियन अनलाइनबाट भावानुवाद