२०८१ माघ ८, मंगलबार
Health Aawaj logo
गृहपृष्ठसमाचारबागमतीमा स्वास्थ्यमन्त्री रामेश्वर, कर्णालीमा समाजिक विकासको जिम्मा टेकराज पछाईलाई

बागमतीमा स्वास्थ्यमन्त्री रामेश्वर, कर्णालीमा समाजिक विकासको जिम्मा टेकराज पछाईलाई


काठमाडौं—बागमती प्रदेशको स्वास्थ्यमन्त्रीमा रामेश्वर श्रेष्ठ नियुक्त भएका छन् । बुधबार श्रेष्ठले बागमती प्रदेशको स्वास्थ्यमन्त्रीको शपथ लिएका हुन् ।

उनी एमालेका प्रदेश सांसद हुन् । बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जमरकट्टेलले बुधबार मन्त्रिपरिषद्लाई पूर्णता दिदैं आन्तरिक मामिलामा गंगानारायण श्रेष्ठ, कुमारी मोक्तान सामाजिक विकास मन्त्री, युवराज दुलाल भौतिक पूर्वाधार विकास मन्त्रीको जिम्मेवारी दिएका छन् । यसैगरी, एमाले सांसद केशवप्रसाद पोखरेल कृषि, एकालाल श्रेष्ठ श्रम र श्रेष्ठले स्वास्थ्यको जिम्मेवारी पाएका छन् भने राप्रपाका डम्बर तामाङले पर्यटन र राजु विष्टले वन मन्त्रालयको जिम्मेवारी पाएका छन् ।

यसैगरी, कर्णाली प्रदेशको सामाजिक विकास मन्त्रीमा एमालेका टेकराज पछाई नियुक्त भएका छन् । कर्णालीका मुख्यमन्त्री राजकुमार शर्माले जिम्मेवारी तोकेका हुन् । मुख्यमन्त्री शर्माले मंगल शाहीलाई भौतिक पूर्वाधार, कृष्ण जिसी आन्तरिक मामिला, भीमप्रकाश शर्मा भूमी व्यवस्था, विनोदकुमार शाह आन्तरिक मामिला, जीतबहादुर बुढा उधोग मन्त्री बनेका छन् ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ