बागमतीको स्वास्थ्य मन्त्रीमा रामेश्वर श्रेष्ठ

काठमाडौं – बागमती प्रदेशको स्वास्थ्य मन्त्रीमा रामेश्वर श्रेष्ठ नियुक्त हुने भएका छन् । उनी नेकपा एमालेको प्रतिनिधित्व गर्दै बागमती प्रदेशको स्वास्थ्य मन्त्रीमा चुनिएका हुन् ।
बागमती प्रदेशमा एमाले र माओवादीले ४/४ तथा राप्रपाले ३ मन्त्रालय पाउने सहमति अनुसार स्वास्थ्य मन्त्रालय श्रेष्ठले पाएका हुन् ।
मन्त्रीका लागि सिफारिस श्रेष्ठ गत ४ मङ्सिरमा भएको प्रदेश सभा सदस्य निर्वाचनमा नेकपा एमालेका तर्फबाट ललितपुर क्षेत्र नम्बर २ (१)बाट विजयी भएका थिए ।
यसअघि २०७४ को निर्वाचनमा ललितपुरको महालक्ष्मी नगरपालिकाको मेयरमा निर्वाचित भएका थिए । नवनियुक्त मन्त्रीहरूको शपथ दिउँसो २ बजेलाई राखिएको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जनाएको छ ।
धेरै पढिएका
- १ ‘स्वास्थ्यमन्त्री प्रदीप पौडेलले मसँग पटक-पटक अन्याय गर्नुभएको छ’ : डा. संगीता
- २ प्रदेश जनस्वास्थ्य प्रयोगशालाको १४ जिल्लामै सेवा विस्तार, १९ हस्पिटलसँग गर्दैछ सम्झौता
- ३ वीर अस्पतालमा मार्च महिनाभर निःशुल्क कोलोनोस्कोपी स्क्रीनिङ गरिने
- ४ बहिरोपनको समस्या विकराल बन्नुका कारणहरू, लक्षण र उपचार विधी
- ५ कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान: माथिल्लो कर्णालीको लागि वरदान
- ६ बैंकको सामाजिक उत्तरदायित्वअन्तर्गत रक्त सञ्चार सेवालाई सहयोग
- ७ नवनियुक्त स्वास्थ्य सचिव डा. विकास देवकोटाद्वारा पदबहाली
तपाईको प्रतिक्रिया दिनुहोस