२०८१ माघ ८, मंगलबार
Health Aawaj logo
गृहपृष्ठसमाचारस्वास्थ्य बिमामार्फत सबै जनताको निशुल्क उपचारको प्रबन्ध सुनिश्चित गरिनेछ : स्वास्थ्य मन्त्री

स्वास्थ्य बिमामार्फत सबै जनताको निशुल्क उपचारको प्रबन्ध सुनिश्चित गरिनेछ : स्वास्थ्य मन्त्री


काठमाडौं-स्वास्थ्य तथा जनसंख्या मन्त्री पदम गिरीले स्वास्थ्य बिमामार्फत सबै जनताको उपचारलाई सुनिश्चित गरिने बताएका छन् । शनिबार मनमोहन सामुदायिक अस्पतालमा स्वास्थ्य सामाग्री हस्तान्तरण कार्यक्रममा बोल्दै गिरीले स्वास्थ्य बिमा कार्यक्रममा  समस्याको रहेकाे बताए।

ती समस्यालाई छिट्टै समाधान गरिने स्वास्थ्य मन्त्री गिरीले जानकारी दिए ।

बिमा कार्यक्रम संचालनमा आइपरेका समस्याहरुको बारेमा जानकारी लिन आफुले सम्बन्धित निकायसंग छलफल गरिरहेकाे समेत जानकारी दिएका थिए ।

गरिब जनताले स्वास्थ्य बिमा कार्यक्रम मार्फत धेरै सुविधा लिनसक्ने भएपनि कार्यक्रम कार्यान्वयनमा धेरै समस्या भएको गिरीको भनाइ छ ।

रोटरी क्लबले उपलब्ध गराएका स्वास्थ्य सामाग्रीहरु हस्तान्तरण गर्दै मन्त्री गिरीले सबै नागरिकलाई स्वास्थ्य सेवा उपलब्ध गराउनु सरकारको दायित्व रहेको उल्लेख बताए ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ