२०८१ चैत्र १, शुक्रबार
Health Aawaj logo
गृहपृष्ठसमाचारनयाँ स्वास्थ्य तथा जनसंख्या मन्त्रीमा पदम गिरी

नयाँ स्वास्थ्य तथा जनसंख्या मन्त्रीमा पदम गिरी


काठमाडौं–नेकपा एमालेले पर्वतबाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित सांसद पदम गिरीलाई स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री बनाउने भएको छ । सोमबार राति सत्ता साझेदार पार्टीहरूको बैठकले मन्त्रालय टुंगो लगाएको थियो ।

जसमा नेकपा एमालेले स्वास्थ्य जनसङ्ख्या सहित ८ मन्त्रालय पाउने सहमति भएको थियो ।

‘भर्खरै जानकारी आयो स्वास्थ्य मन्त्रालयको जिम्मेवारी भन्ने भएको छ,’ सांसद गिरीले हेल्थ आवाजसँग भने, ‘त्यसैअनुसार तयारी गरेको छु ।’

सत्ता गठबन्धनको हिजोको बैठकले आज दिउँसो २ बजे मन्त्रीहरूको शपथ गराउने निर्णय गरेको थियो । नवनियुक्त मन्त्रीहरूले आज दिउँसो २ बजे शपथ ग्रहणपश्चात् पदभार गर्नेछन् ।

गिरी वि.सं. ०७४ को चुनावमा पनि पर्वतबाटै सांसद चुनिएका थिए । अखिल नेपाल राष्ट्रिय स्वतन्त्र युनियनको राजनीतिबाट उदाएका उनी पृथ्वीनारायण बहुमुखी क्याम्पस पोखराका स्ववियु सभापति भएका थिए ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ