२०८१ चैत्र १, शुक्रबार
Health Aawaj logo
गृहपृष्ठसमाचारएमालेलाई स्वास्थ्यसहित ८ मन्त्रालय

एमालेलाई स्वास्थ्यसहित ८ मन्त्रालय


काठमाडौं-स्वास्थ्य तथा जनसंख्या मन्त्रालय सत्ता गठबन्धनको सबैभन्दा ठूलो दल नेकपा एमालेले पाएको छ । सोमबार राति सत्ता गठबन्धनका दलहरुको प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले गरेको मन्त्रालय भागवण्डा स्वास्थ्य एमालेको भागमा परेको हो ।

एमाले स्वास्थ्य, परराष्ट्र, स्वास्थ्य, रक्षा, कृषि, उद्योग र महिला, बालबालिकालगायत ८ वटा मन्त्रालय लिने भएको छ । मन्त्रालयका सन्दर्भमा मंगलबार विहानसम्म केही हेरफेर हुन सक्ने बताइएको छ । ‘स्वास्थ्य मन्त्रालय एमालेलाई दिने मोटामोटी टुंगिएको छ,’ स्रोतले भन्यो, ‘तर विहान एमाले वा माओवादी कसले लिने अन्तिम टुंगो लाग्छ ।’

एमालेले ८ मन्त्री र दुई राज्यमन्त्री सरकारमा पठाउनेछ ।

८ मन्त्रीमध्ये उपप्रधानमन्त्री एवं अर्थमन्त्रीमा विष्णु पौडेल र अन्य तीन जना मन्त्री यसअघि नै नियुक्त भइसकेका छन् । जसमा दामोदर भण्डारी, राजेन्द्र राई र ज्वालाकुमारी साह छन् ।

एमाले स्रोतका अनुसार बाँकी चार मन्त्रीमा पर्वतका पदम गिरी, सुनसरीकी भगवती चौधरी, सर्लाहीका हरि उप्रेती र कपिलवस्तुका बलराम अधिकारीले मौका पाउने लगभग पक्काजस्तै छ ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ