२०८१ माघ ९, बुधबार
Health Aawaj logo
गृहपृष्ठसमाचारतामाकोशी गाउँपालिकालाई एम्बुलेन्स

तामाकोशी गाउँपालिकालाई एम्बुलेन्स


दोलखा-दोलखाको तामाकोशी गाउँपालिकालाई एउटा एम्बुलेन्स प्राप्त भएको छ । तामाकोशी गाउँपालिका वडा नं. ६ च्यामा स्वास्थ्य चौकी अन्तर्गत सञ्चालन हुने गरी एम्बुलेन्स प्राप्त भएको हो ।

गाउँपालिकाका स्वास्थ्य शाखा संयोजक अरुण कुमार मिश्रले पुस २४ गते पालिका कार्यालयमा (ख) वर्गको एम्बुलेन्स ल्याएको बताउनु भयो ।

बागमती सरकारको १४ लाख ८८ हजार र पालिकाको पाँच लाख २० हजार गरी २० लाख ८ हजारमा विशेष भन्सार छुटमा एम्बुलेन्स खरिद गरिएको मिश्रले बताउनु भयो । सो एम्बुलेन्स केही दिनपछि स्वास्थ्य चौकीलाई हस्तान्तरण गरिने मिश्रले जानकारी दिनु भयो ।

पालिकाका नागरिकहरू बिरामी या घाइते हुँदा तत्काल उपचार गर्न स्वास्थ्य संस्थामा लानलाई सहजता ल्याउनको लागि एम्बुलेन्स खरिद गरिएको हो ।

वडाध्यक्ष कृष्ण प्रसाद फुयाँलले एम्बुलेन्स सञ्चालनपछि स्वास्थ्य उपचार सेवामा नागरिकको पहुँच बढ्ने बताउनु भयो । बिरामी र घाइतेलाई उपचारको लागि तत्काल उद्धार गरी स्वास्थ्य संस्थासम्म पुर्‍याउनको लागि एम्बुलेन्स महत्त्वपूर्ण भएकाले खरिद गरिएको वडाध्यक्ष फुयाँलले बताउनु भयो ।

पालिकामा हाल २ वटा एम्बुलेन्स छन् । एउटा एम्बुलेन्स बिग्रिएकाले हाल एउटा मात्र सञ्चालनमा छ ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ