काठमाडौं-त्रिवि शिक्षण अस्पतालमा नवौं कलेजो सफलतापूर्वक प्रत्यारोपण गरिएको छ । शुक्रबार कलेजो प्रत्यारोपण सर्जन प्रा.डा. रमेश सिंह भण्डारीको नेतृत्वमा शिक्षण अस्पतालमा सफलतापूर्वक कलेजो प्रत्यारोपण गरिएको हो ।
काठमाडौं बाहिरका ५२ वर्षीय पुरुषलाई उनका १९ वर्षीय छोरा दायाँ कलेजो दान गरेको डा. भण्डारीले हेल्थआवाजलाई जानकारी दिए । ‘हामीले सफलतापूर्वक नवौं कलेजो प्रत्यारोपण सम्पन्न गरेका गरेका छौं’ उनले भने, ‘बिरामीको अवस्थामा सामान्य छ ।’
डा. भण्डारीसहितको टिमलाई भारतको फोर्टिस अस्पतालको कलेजो प्रत्यारोपण टिमले सहयोग गरेको थियो ।
डा. भण्डारीकै नेतृत्वमा त्रिवि शिक्षणमा ८ वटा कलेजो प्रत्यारोपण सफलतापूर्वक सम्पन्न भइसकेका छन् । त्रिवि शिक्षणले ०७७ चैतमा ११ महिनाका बालकमा पनि सफल कलेजो प्रत्यारोपण गसिसकेको छ । जुन नेपालमै पहिलो बाल कलेजो प्रत्यारोपण थियो ।
त्रिवि शिक्षणले कलेजो प्रत्यारोपणमा प्राप्त गरिरहेको सफलता नेपाली बिरामीहरुलाई नेपालमै उपचार गर्न सहज हुदैं गएको छ । आर्थिक रुपमा पनि विदेशमा गएर कलेजो प्रत्यारोपण गर्नुभन्दा नेपालमै गर्दा कम खर्च लाग्ने चिकित्सकहरु बताउँछन् ।