२०८१ चैत्र २, शनिबार
Health Aawaj logo
गृहपृष्ठसमाचारडा. विनोदले गरे कालो कोठीले अनुहार ढाँकिएकी १० वर्षीया बालिकाको शल्यक्रिया

डा. विनोदले गरे कालो कोठीले अनुहार ढाँकिएकी १० वर्षीया बालिकाको शल्यक्रिया


नेपालगन्ज—नेपालगन्ज मेडिकल कलेजका प्लास्टिक सर्जन डा. विनोद कर्णले कालो कोठीले अनुहार ढाँकिएकी १० वर्षीया बालिकाको सफल शल्यक्रिया गरेका छन् । बिहीबार विहान उनले साढे २ घण्टा लगाएर बालिकाको पहिलो चरणको शल्यक्रिया गरेका हुन् ।

‘उहाँलाई नेइभस पिलोसस पिगमेनटोसस भएको थियो,’ डा.कर्णले हेल्थआवाजसँग भने, ‘त्यसलाई हामीले ट्युमर एक्सीसन एण्ड स्प्लीट स्कीन ग्राफ्ट नामक शल्यक्रिया गरेका छौं ।’

बाँकेको जानकी गाउँपालिका—१ की १० वर्षीया बालिका फुलजहा कबडियाको कोठीले देब्रतिर आधाभन्दा बढी अनुहार ढाकिएको डा. कर्णले जानकारी दिए । ‘तीन चरणमा पूरै कोठी फालेर नयाँ अनुहार बनाउने अनुमान गरेका छौं,’ उनले भने, ‘आज पहिलो चरणको शल्यक्रिया निःशुल्क गरेका छौं ।’

आर्थिक रुपमा कमजोर पारिवारिक अवस्था रहेकी ती बालिकालाई उनका अभिभावकले उपचारका लागि नेपालगन्ज मेडिकल कलेजमा लगेका थिए । ‘उहाँ ओपीडी आउनुभयो । त्यसपछि हामीले थप टिट्रमेन्ट गर्दै शल्यक्रिया गर्ने निर्णय ग¥यौं,’ डा. कर्णले अगाडि भने, ‘आर्थिक अवस्था नाजुक भएकाले मेडिकल कलेजले पहिलो चरणको शल्यक्रिया निःशुल्क गरेको छ । थप शल्यक्रिया पनि निःशुल्क गराउने प्रयासमा छौं ।’

पहिलो शल्यत्रिपया सकिएको र थप दुई पटक शल्यक्रिया गर्नुपर्ने उनले बताए । थप शल्यक्रियाका लागि थप रकम आवश्यक पर्ने भएकाले फुलजहाको अनुहारमा मुस्कान भर्नका लागि सहयोगी हातहरुलाई पनि डा. कर्णले आग्रह गरेका छन् ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ