२०८१ माघ २२, मंगलबार
Health Aawaj logo
गृहपृष्ठसमाचारशहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रमा १००० जनाको मिर्गौला प्रत्यारोपण

शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रमा १००० जनाको मिर्गौला प्रत्यारोपण


काठमाडौं—शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रले अहिलेसम्म १ हजार जना बिरामीको मिर्गौला प्रत्यारोपण गरेको छ । केन्द्रले स्थापना भएको १० वर्षको अवधिमा २७ पुससम्म १ हजार जनाको मिर्गौला प्रत्यारोपण गरेको केन्द्रका कार्यकारी निर्देशक डा. पुकारचन्द्र श्रेष्ठले जानकारी दिए ।

केन्द्रकाअनुसार वर्षेनी करिब २०० जनाको हाराहारीमा केन्द्रमा मृर्गौला प्रत्यारोपण हुँदैं आएको छ । डा. श्रेष्ठले आफ्नो नेतृत्वमा हालसम्म शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रसहित वीर अस्पताल, पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठनमा र अन्य अस्पतालमा गरी १ हजार ४८ को बिरामी मिर्गौला प्रत्यारोपण बताए ।

‘यो ऐतिहासिक सफलता प्राप्त गर्न शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रका चिकित्सक, नर्स तथा अन्य सम्पूर्ण कर्मचारीहरुको अथक प्रयासका साथै पत्रकार, राजनीतिज्ञ, कलाकार, समाजसेवी सबैको उल्लेखनीय योगदान रहेको छ,’ उनले विज्ञप्तिमार्फत भनेका छन् ।

डा श्रेष्ठका अनुसार भक्तपुर अस्पतालको लागि निर्माण भएको जम्मा १०० बेड भवनमा केन्द्रले प्रत्यारोपण सेवा सञ्चालन गरेको तथा स्थानको चरम अभावका बाबजुद पनि नेपालमै पहिलो कलेजो प्रत्यारोपण, एकै दिन ४ जना जीवित व्यक्तिको मिर्गौला प्रत्यारोपण र मस्तिष्क मृत्यु भएका व्यक्तिको अंगबाट मिर्गौला र कलेजो प्रत्यारोपण गरेको साथै १० वर्षको अवधिमा केन्द्रले १ हजार जनामा ९९ प्रतिशत सफलताका साथ मिर्गौला प्रत्यारोपण गरेको छ ।

अहिले प्रत्येक १० जनामध्ये १ जनलाई कुनै न कुनै किसिमको मृगौला रोग लाग्ने अनुमान छ । नेपालमा वर्षेनी करिब ३ हजार जनाको मिर्गौला फेल हुने गरेको र उनीहरुमध्ये धेरैको अंग प्रत्यारोपण नभएर अकालमा मृत्यु हुने गरेको छ । केन्द्रको प्रत्यारोपण क्षेत्रमा उच्चस्तरीय अध्ययन र अनुसन्धानको व्यवस्था गरी मुलुकको ७ प्रदेशमा प्रत्यारोपण सेवा विस्तार गर्न आवश्यक पर्ने दक्ष जनशक्ति उत्पादन गर्न प्रत्यारोपण स्वास्थ्य विज्ञान प्रतिष्ठानको स्थापना गर्ने र भौतिक पूर्वाधार विस्तार गरी केन्द्रलाई ५०० शैया विस्तार गरी प्रत्यारोपण सेवालाई सबैको पहुँचमा पु¥याउने योजना रहेको डा. श्रेष्ठले जानकारी दिए ।

गण्डकी प्रदेशको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानअन्तर्गत पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा प्रत्यारोपण सेवा सुरु भैसकेको छ । निकट भविष्यमा कर्णाली प्रदेशअन्तर्गत सुर्खेत अस्पतालमा केही हप्तामानै प्रत्यारोपण सुरु गर्ने गर्ने योजना रहेको केन्द्रले जनाएको छ । यस्तै, क्रमसः सुदूरपश्चिम प्रदेशअन्तर्गतको सेती प्रादेशिक अस्पताल, बागमती प्रदेशको मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान, हेटौंडा अस्पताल र भरतपुर अस्पतालमा प्रत्यारोपण सेवा सुरु गर्ने प्रक्रिया अगाडि बढेको डा. श्रेष्ठले बताए ।

मस्तिष्क मृत्युपश्चात अंग दान तथा तप् अंगबाट प्रत्यारोपण गर्न सकिने व्यवस्था भएतापनि हालसम्म नगन्य संख्यामा मात्र उक्त कार्य भएको र समयमै मस्तिष्क मृत्यु भएको जानकारी प्राप्त नहुँदा ६ वर्षको अवधिमा जम्मा ४ जना अंगदाताबाट प्राप्त ८ वटा मिर्गौला र २ वटा कलेजो मात्र प्रत्यारोपण हुन सकेको छ ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ