२०८१ माघ ९, बुधबार
Health Aawaj logo
गृहपृष्ठसमाचारनर्भिक अन्तर्राष्ट्रिय अस्पतालमा मिर्गौला प्रत्यारोपण सेवा सुरु

नर्भिक अन्तर्राष्ट्रिय अस्पतालमा मिर्गौला प्रत्यारोपण सेवा सुरु

दुई जनाको सफल मिर्गौला प्रत्यारोपण


काठमाडौं—नर्भिक इन्टरनेशनल हस्पिटलले मिर्गौला प्रत्यारोपण सेवा सुरु गरेको छ । सोमबार पत्रकार सम्मेलनमार्फत नर्भिकले मिर्गौला प्रत्यारोपण सेवा सुरु गरेको जानकारी दिएको हो ।

विगत ३० वर्षदेखि स्वास्थ्य सेवा सेवा प्रदान गर्दै आएको नर्भिक अस्पतालले २ व्यक्तिको सफल मिर्गौला प्रत्यारोपण गरेको जानकारीसमेत दिएको छ ।

नर्भिकले मिर्गौला फेल भई उपचार गराइरहेका ६६ र ५४ वर्षीय दुई पुरुषको सफलतापूर्वक मिर्गौला प्रत्यारोपण गरिएको जनाएको हो । मिर्गौला फेल भई उपचार गराइरहेका ६६ वर्षीय पुरुषलाई उनकी ५५ वर्षीया पत्नीले मिर्गौला दिएकी थिइन् भने ५४ वर्षीय अर्का पुरुषमा उनकी ३० वर्षीया छोरीले दिएको मिर्गौलाको दिएकी थिइन् ।

वरिष्ठ चिकित्सक डा. राकेश बर्मा र डा. आर. के. अग्रवालको नेतृत्वमा नर्भिकमा मिर्गौला प्रत्यारोपण सेवा सुरु भएको हो।

नर्भिक अन्तर्राष्ट्रिय अस्पतालले कलेजो प्रत्यारोपणको सेवा सुरु गर्नका लागि अनुमति प्रक्रिया थालेको पनि जानकारी गराएको छ ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ