२०८१ चैत्र ३, आईतबार
Health Aawaj logo
गृहपृष्ठसमाचारस्वास्थ्य प्रवर्द्धन तथा शिक्षा संघको अध्यक्षमा डा. धिताल, महासचिवमा डा. केसी

स्वास्थ्य प्रवर्द्धन तथा शिक्षा संघको अध्यक्षमा डा. धिताल, महासचिवमा डा. केसी


काठमाडौं—स्वास्थ्य प्रवर्द्धन तथा शिक्षा संघ नेपालको अध्यक्षमा डा. शालिकराम धिताल निर्विरोध निर्वाचित भएका छन् । १६ पुसमा सम्पन्न संघको छैटौं साधारणसभामाले डा. धितालको नेतृत्वमा ११ सदस्सीय केन्द्रीय समिति गठन गरेको हो ।

संघको उपाध्यक्षमा हेमराज खड्का, महासचिवमा डा. भक्तबहादुर केसी, सचिवमा शैलेन्द्रकुमार पाण्डे, कोषाध्यक्षमा विनोदकुमार अर्याल चयन भएका छन् । यस्तै, सदस्यहरुमा शिला श्रेष्ठ, वसन्त चालिसे, रामकुमार श्रेष्ठ, ऋषिराम शर्मा, केशवराज जोशी र प्रविनकुमार गाई चुनिएका छन् ।

वि.सं. २०७० सालमा गठित उक्त संघमा शिक्षा समूहमा कम्तिमा स्नातक गरेका सदस्यहरु मात्र हुन पाउने व्यवस्था रहेको छ । प्रत्येक नेपाली नागरिकको गुणस्तरीय स्वास्थ्यमा सर्वव्यापी पहुँचको सुश्चितमा टेवा पु¥याउनु आफ्नो मुख्य उद्धेश्य रहेको संघले जनाएको छ ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ