२०८१ माघ ९, बुधबार
Health Aawaj logo
गृहपृष्ठसमाचारगठबन्धनको बैठक बस्दैं, मन्त्रालय बाँडफाँडलगायत पावर सेयरिङ टुंगो लगाउने तयारी

गठबन्धनको बैठक बस्दैं, मन्त्रालय बाँडफाँडलगायत पावर सेयरिङ टुंगो लगाउने तयारी


काठमाडौं—नेकपा एमालेको नेतृत्वमा नयाँ गठबन्धनसहित सत्ता समीकरण बनेसँगै नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रधानमन्त्री बनेका छन् । नवनियुक्त प्रधानमन्त्री दाहालले सोमबार ४ बजे राष्ट्रपति कार्यलय शितलनिवासमा पद तथा गोपनीयताको सपथ लिनेछन् ।

नयाँ बनेको सत्ता गठबन्धनका दलहरुको बैठक बस्दैछ । विहान ११ बजे बस्ने तय भएको बैठकमा नेकपा एमाले, माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, जनता समाजवादी पार्टी, जनमत पार्टी, नागरिक उन्मुक्ति पार्टीको सहभागी हुनेछन् ।

जसले मनत्रालयको भागवण्डालगायत सबै पावर सेयरिङका विषयमा प्याकेजमा सहमति जुटाउने बताइएको छ । यसअघि प्रधानमन्त्री माओवादी केन्द्र र एमालेले आलोपालो गर्ने, राष्ट्रपति एमालेले लिने र सभामुख पनि आलोपालो गर्ने मोटामोटी सहमति भएको बताइएको छ ।

बाँकी सबै विषयमा आज बस्ने गठबन्धन दलहरुको बैठकले टुंगो लगाउनेछ । मन्त्रालयको बाँडफाँड पनि सम्भवतः आजै टुंगिने छ ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ