२०८१ चैत्र ४, सोमबार
Health Aawaj logo
गृहपृष्ठसमाचारचिसो बढेसँगै सतर्कता अपनाउन स्वास्थ्य मन्त्रालयको आग्रह, कसरी अपनाउने सतर्कता ?

चिसो बढेसँगै सतर्कता अपनाउन स्वास्थ्य मन्त्रालयको आग्रह, कसरी अपनाउने सतर्कता ?


काठमाडौं—देशभर चिसो बढेसँगै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सावधानी अपनाउन सबै नागरिकलाई आग्रह गरेको छ । बिहिवार मन्त्रालयका प्रवक्ता डा. संजयकुमार ठाकुरले जाडोमा केही रोगहरुको प्रकोप बढ्ने भएकाले चिसोबाट बच्न सावधानी अपनाउन आग्रह गरेका हुन् ।

‘जोखिममा रहेका वृद्धवृद्धा, दीर्घ रोगका बिमारी, बालबालिका र गर्भवती महिलाहरुले विशेष सावधानी अपनाउनु पर्छ,’ मन्त्रालयको नियमित ब्रिफिङमा उनले भने । चिसोबाट बच्न न्यानो लुगा लगाउन, टाउको र छातीलाई चिसोबाट बचाउन, रातिको समयमा सिरक तथा कम्बलजस्ता न्यानो कपडाहरुको ओढ्न पनि उनले आग्रह गरे ।

मन्त्रालयले तातो खानेकुरा खान तथा तातो पानी पिउन, हिटर ताप्दा, आगो ताप्दा वा गिजर प्रयोग गर्दा कोठाभित्र हावा आवतजावत हुने वातावरण मिलाउनसमेत आग्रह गरेको छ । ‘हावा आवातजात हुने वातावरण भएन भने दुर्घटनाहरु हुन सक्छन्,’ प्रवक्ताले भने ।

त्यसैगरी दुषित खाना र पानीबाट अघिकांश रोगहरु सर्ने हुँदा खाद्य स्वच्छतामा ध्यान दिन, खाने पानी र खाने कुरा ढाकेर राख्न, खाना खानुअघि साबुन पानीले हात धुन, पकाएको र नपकाएको खाने कुरा छुट्टै राख्न, बासी, सडेगलेका र झिंगा भन्केको खानेकुरा नखान, उमालेको र शुद्धीकरण गरेको पानी मात्र पिउन पनि स्वास्थ्य मन्त्रालयले आग्रह गरेको छ ।

‘पानीजन्य रोग र अस्वस्थ खानाबाट हुने रोगहरूबाट बच्न विशेष ध्यान दिऔं,’ डा. ठाकुरले भने ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ