गृहपृष्ठ ∕ समाचार ∕ थापाथलीमा सुकुम्वासी वस्ती हटाउन गएका महानगरका दुई दर्जन बढी प्रहरी घाइते थापाथलीमा सुकुम्वासी वस्ती हटाउन गएका महानगरका दुई दर्जन बढी प्रहरी घाइते हेल्थ आवाज सोमबार, २०७९ मंसीर १२ गते, १६:२९ मा प्रकाशित काठमाडौं—थापाथलीस्थित सुकुम्वासी वस्तीमा बनेका अवैधानिक संरचना हटाउन गएको काठमाडौं महानगरपालिकाका नगर प्रहरी टोलीमाथि स्थानीयहरुले आक्रमण गरेपछि झण्डै दुई दर्जन नगर प्रहरी घाइते भएका छन् । नगर प्रहरीका एसपी राजु पाण्डेसहितका दुई दर्जन बढी प्रहरी घाइते भएका छन् । घाइते नगर प्रहरीहरुको थापाथलीस्थित नर्भिक इन्टरनेशनल हस्पिटलमा उपचार गरिएको छ । सुकुम्बासी बस्तीका घरटहरा भत्काउन गएको महानगरको टोलीमाथि त्यहाँका बासिन्दाले ढुंगामुढा प्रहार गरेका थिए । सुकुम्बासी बस्तीका बासिन्दाको ढुंगामुढा लागेर घाइते भएका महानगरका प्रहरी तथा कर्मचारीहरुको नर्भिकमा उपचार भएको हो । झडपमा घाइते भएका नगर प्रहरीहरुलाई इमर्जेन्सी र ठाउँ अपुग भएका कारण त्यसभन्दा अघिल्तिरको खुल्ला क्षेत्रमा समेत राखेर नर्भिकका स्वास्थ्यकर्मीहरुले उपचार गरेका थिए । नर्भिक अस्पतालकाअनुसार काठमाडौं महानगरका २६ भन्दा बढी नगर प्रहरी तथा कर्मचारीको उपचार गरिएको छ । उपचारका लागि आएका घाइतेमध्ये केहीको टाउकोमा गम्भीर चोट लागेको देखिएको छ । अन्यको शरीरका विभिन्न भागमा चोट लागेको र तिनीहरुको पनि नर्भिकमा उपचार भइरहेको अस्पतालले जनाएको छ । क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार संघीय अस्पतालहरूमा चैत्रबाट नयाँ कार्यक्रम र सेवा सुरु हुन्छन्–स्वास्थ्य सचिव… वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई सम्पूर्ण भवनको नक्सा पेश गर्न… स्वास्थ्य सचिव नियुक्तिमा सरकार विरुद्ध डा. मिश्रा सर्वाेच्चमा स्वास्थ्य बीमा ५ लाख पुग्छ पुग्छ–स्वास्थ्य मन्त्री पौडेल (मन्तव्यको पुर्ण… महानिर्देशकको तजविजमा औषधिको मूल्य नतोक्न अन्तरिम आदेश एनसीडिए मोरङको होली मिलन कार्यक्रम धेरै पढिएका १ इडिसिडिको निर्देशकमा डा झा, घिमिरेलाई हेटौडा पठाइयो २ क्षयराेग केन्द्रमा डा तिवारी, गजेन्द्र नारायणमा शाह ३ कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान: माथिल्लो कर्णालीको लागि वरदान ४ सिभिल अस्पतालको निर्देशकमा प्रा.डा. रेग्मी नियुक्त ५ निमित्त महानिर्देशकबाटै स्वास्थ्य सेवा विभाग चलाउने तयारीमा मन्त्री पौडेल ६ स्वास्थ्य सेवा विभागको महानिर्देशकमा डा. वाराकोटी ७ मोरङको धनपालथानमा १५ शैय्याको निर्माणधीन अस्पतालको काम ठप्प Kalpana Craft ट्रेण्डिङ संघीय अस्पतालहरूमा चैत्रबाट नयाँ कार्यक्रम र सेवा सुरु हुन्छन्–स्वास्थ्य सचिव देवकोटा एनएमसीमा समय अगावै जन्मिएका जुम्ल्याहा बच्चाहरुको बचाइयो ज्यान करुणा अस्पतालमा नेपालमै पहिलो पटक इको माइक्रो वेव अबुलेसनबाट भेरिकोष भेनको शल्यक्रिया इमर्जेन्सीमा कुटिएका डा. करण साहलाई पक्राउ नगर्नुः काउन्सिल महानिर्देशकको तजविजमा औषधिको मूल्य नतोक्न अन्तरिम आदेश स्वास्थ्य बीमा ५ लाख पुग्छ पुग्छ–स्वास्थ्य मन्त्री पौडेल (मन्तव्यको पुर्ण पाठ सहित) २४ जना कोरोना संक्रमित आईसीयु, २ जना भेन्टिलेटरमा स्वास्थ्य सचिव नियुक्तिमा सरकार विरुद्ध डा. मिश्रा सर्वाेच्चमा संघीय अस्पतालहरूमा चैत्रबाट नयाँ कार्यक्रम र सेवा सुरु हुन्छन्–स्वास्थ्य सचिव देवकोटा एनएमसीमा समय अगावै जन्मिएका जुम्ल्याहा बच्चाहरुको बचाइयो ज्यान करुणा अस्पतालमा नेपालमै पहिलो पटक इको माइक्रो वेव अबुलेसनबाट भेरिकोष भेनको शल्यक्रिया इमर्जेन्सीमा कुटिएका डा. करण साहलाई पक्राउ नगर्नुः काउन्सिल महानिर्देशकको तजविजमा औषधिको मूल्य नतोक्न अन्तरिम आदेश स्वास्थ्य बीमा ५ लाख पुग्छ पुग्छ–स्वास्थ्य मन्त्री पौडेल (मन्तव्यको पुर्ण पाठ सहित) २४ जना कोरोना संक्रमित आईसीयु, २ जना भेन्टिलेटरमा स्वास्थ्य सचिव नियुक्तिमा सरकार विरुद्ध डा. मिश्रा सर्वाेच्चमा