गृहपृष्ठ ∕ प्रदेश १ ∕ सुनिल शर्माले प्रतिवद्धता पूरा गर्दै नोबेलमा ५० शैय्याको निःशुल्क क्याविन संचालनमा ल्याए सुनिल शर्माले प्रतिवद्धता पूरा गर्दै नोबेलमा ५० शैय्याको निःशुल्क क्याविन संचालनमा ल्याए हेल्थ आवाज आईतबार, २०७९ मंसीर ११ गते, १५:१५ मा प्रकाशित विराटनगर—मोरङ ३ मा मतदातामाझ गरेको वाचा पूरा गर्दै नेपाली कांग्रेसका सांसद डा. सुनिल शर्मा जितलगत्तै प्रतिवद्धता पूरा गर्न सुरु गरेका छन् । निर्वाचनमा आफूले गरेको प्रतिवद्धताअनुसार उनले नोबेल शिक्षण अस्पताल विराटनगरमा निःशुल्क क्याबिन सेवाको उद्घाटन गरेका हुन् । चुनावमा मतदातासँग भोट माग्ने क्रममा उनले निर्वाचनमा विजयी भएको प्रमाणपत्र पाएको ७२ घण्टाभित्र ५० शैय्या क्याबिन निःशुल्क सञ्चालन गर्ने घोषणा गरेका थिए । शनिबार मोरङ ३ को निर्वाचन अधिकृतको कार्यालयबाट प्रमाणपत्र पाएका शर्माले आइतबार नोबेल अस्पतालभित्र क्याबिन निःशुल्क सेवाको शुभारम्भ गरेका हुन् । ‘हिजो सिफारिस चाहिन्थ्यो । राजनीतिक रूपमा सम्पर्क नभएकाहरूले सेवा लिन सक्नुहुन्न थियो । अब मोरङ ३ का बिरामीले मतदाता परिचयपत्र देखाएर नै यो सेवा पाउनेछन्,’ उनले भने । सेवा शुभारम्भ गर्दै शर्माले निर्वाचनमा जनतासामु गरेका हरेक वाचा पूरा गर्ने गरी काम सुरु भएको बताए । शर्माले मोरङ ३ बाट पूर्वमन्त्री भानुभक्त ढकाललाई २२ हजार ५५६ को फराकिलो मतान्तरले हराएका थिए । उनी ४८ हजार ६३१ मत प्राप्त गरी विजयी हुँदा निकटतम प्रतिद्वन्द्वी ढकालले २५ हजार ८९५ मत प्राप्त गरे । क्याटेगोरी : प्रदेश १, समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार शिक्षामन्त्री विद्या भट्टराईले दिइन् राजीनामा आवासीय चिकित्सकको आन्दोलनप्रति एनएमए कोशीको ऐक्यबद्धता बैशाखमा ८ संघीय अस्पतालमा १५ नयाँ सेवा थप तथा विस्तार… छुट्टै स्वास्थ्य सेवा ऐन जारी गर्न स्वास्थ्यकर्मी ट्रेड युनियनहरुको माग उपकुलपति रिक्त भएका चारवटै प्रतिष्ठानमा निमित्त उपकुलपति तोकिए विपी प्रतिष्ठानमा नर्सहरुका लागि कार्यशाला गोष्ठी धेरै पढिएका १ २६ वर्षमै ११० बढी अनुसन्धान गरेका युवा डा. संगम २ डा. सुमन श्रेष्ठको सल्लाहः पित्तथैलीको पत्थरीलाई किन बेवास्ता गर्नु हुँदैन् ? ३ नागरिकका स्वास्थ्य विवरण एकीकृत गर्न स्वास्थ्य परिचय नम्बर प्रणाली लागु गर्ने तयारी ४ नेपाल स्ट्रोक एसोसिएसनद्वारा वीरगञ्जमा ‘स्ट्रोक मास्टर क्लास’ सम्पन्न ५ दोहोरोपना हटाएर स्वास्थ्य बीमा उपचार प्रोटोकल बनाउने तयारी ६ इडिसिडिको निर्देशकमा डा झा, घिमिरेलाई हेटौडा पठाइयो ७ परोपकार प्रसूति तथा स्त्री रोग अस्पतालको काँचुली फेर्न तम्सिएका डा. श्रीप्रसाद Kalpana Craft ट्रेण्डिङ आखिर कसरी बनिरहेको छ भान्सामा प्रयोग हुने तेल स्तन क्यान्सरको कारण बैशाखमा ८ संघीय अस्पतालमा १५ नयाँ सेवा थप तथा विस्तार गर्ने मन्त्रालयको तयारी युएई नेपालको स्वास्थ्य क्षेत्र विकासमा सघाउन तत्पर छ : अध्यक्ष मन्सुरी छुट्टै स्वास्थ्य सेवा ऐन जारी गर्न स्वास्थ्यकर्मी ट्रेड युनियनहरुको माग जीबीएस सिन्ड्रोम भएका दिपेश उपचारमा आर्थिक अभाव झेल्दैं शिक्षामन्त्री विद्या भट्टराईले दिइन् राजीनामा दोहोरोपना हटाएर स्वास्थ्य बीमा उपचार प्रोटोकल बनाउने तयारी स्वस्थ जीवनका निम्ति ब्यायाम आखिर कसरी बनिरहेको छ भान्सामा प्रयोग हुने तेल स्तन क्यान्सरको कारण बैशाखमा ८ संघीय अस्पतालमा १५ नयाँ सेवा थप तथा विस्तार गर्ने मन्त्रालयको तयारी युएई नेपालको स्वास्थ्य क्षेत्र विकासमा सघाउन तत्पर छ : अध्यक्ष मन्सुरी छुट्टै स्वास्थ्य सेवा ऐन जारी गर्न स्वास्थ्यकर्मी ट्रेड युनियनहरुको माग जीबीएस सिन्ड्रोम भएका दिपेश उपचारमा आर्थिक अभाव झेल्दैं शिक्षामन्त्री विद्या भट्टराईले दिइन् राजीनामा दोहोरोपना हटाएर स्वास्थ्य बीमा उपचार प्रोटोकल बनाउने तयारी स्वस्थ जीवनका निम्ति ब्यायाम