२०८१ माघ २४, बिहीबार
Health Aawaj logo
गृहपृष्ठसमाचारप्रधानमन्त्री देउवासँग पराजित भएका सागर डाक्टरहरुसँग छलफलमा जुटे

प्रधानमन्त्री देउवासँग पराजित भएका सागर डाक्टरहरुसँग छलफलमा जुटे


काठमाडौं—डडेल्धुरामा प्रधानमन्त्री शेरबहादुर देउवासँग पराजित भएका सागर ढकाल स्थानीस्तरमा छलफलमा जुटेका छन् । सांसद नभएपछि आफ्नो स्तरबाट डडेल्धुराको विकास, समृद्धि र जनताको समस्या न्यूनीकरणमा भूमिका खेल्ने बताएका उनी शुक्रबार डडेल्धुरा अस्पतालका चिकित्सकहरुसँग छलफलमा जुटे ।

डडेल्धुरा सुदूरपश्चिमको एकमात्रै केन्द्रीय अस्पताल हो । ‘अब मैले काम शुरु गरिसकेको छु। डडेल्धुराको केन्द्रीय अस्पतालमा त्यहाँका डाक्टरहरुसँग के गर्न सकिन्छ भन्ने सानोतिनो छलफल भएको छ,’ सागरले फेसबुकमा लेखेका छन् ।

सागरले मुलुकभरबाट प्रतिनिधीसभामा १६५ जनाले मात्रै प्रतिनिधित्व गर्ने भन्दैं उनले फस्ट नभएपनि काम गर्न सकिने रहेछ भन्ने मोडलका रुपमा संसद बाहिर प्रस्तुत हुने बताएका छन् । उनले यसका लागि दुई—तीन महिनाभित्र विस्तृत योजना निर्माण गर्ने, डडेल्धुरा र सुदूरपश्चिमसँगै देशको मुद्धा उठाउने बताएका छन् ।

गुल्मीका सागर प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति देउवासँग चुनाव लड्न देउवा ४ महिनाअघि डडेल्धुरा पुगेका थिए । प्रधानमन्त्री देउवाले २५ हजार ५ सय ३४ मत प्राप्त गर्दा उनका मुख्य प्रतिद्वन्द्वी बनेका स्वतन्त्र उम्मेदवार सागरले १३ हजार ४२ मत प्राप्त गरेका थिए ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ