काठमाडौं—सरकारी सेवामा काम गर्ने प्रयोगशालाकर्मीहरुले सरकारी प्रयोगशालाकर्मी संघ नेपालको तदर्थ समिति गठन गरेका छन् । शनिबार पत्रकार सम्मेलन गरेर उनीहरुले संघको तदर्थ समिति गठन भएको जानकारी दिएका हुन् ।
सरकारी प्रयोगशालाकर्मी संघ, नेपालको पहिलो अध्यक्ष राजेशकुमार गुप्ता चयन भएका छन् । त्यसैगरी, वरिष्ठ उपाध्यक्षमा सन्तोष सुवेदी, उपाध्यक्षमा पदमानाथ घिमिरे र खेमराज सापकोटा, महासचिवमा खुमराज शर्मा, सचिवमा कृष्णप्रसाद जैसी र ईश्वरप्रसाद भुसाल र कोषाध्यक्षमा लेखनाथ भट्टराई चयन भएका छन् ।
सदस्यहरुमा प्रमानन्द भण्डारी, नवीन कर्माचार्य, किरण पौडेल, शैलेश थपलिया, सुजता श्रेष्ठ, अमित कार्की र श्रेयष्का श्रेष्ठ चयन भएका छन् ।
काठमाडौं जिल्ला प्रशासनमा दर्ता भएको संघले सबै सरकारी संरचनाभित्र काम गर्ने प्रयोगशालाकर्मीहरुलाई आवद्ध गराउने योजना बनाएको छ । संघले सातवटै प्रदेशमा प्रदेश संयोजक तोकेर प्रदेश सम्मेलन गर्ने साथै हालको तदर्थ समितिले केन्द्रीय सम्मेलन आयोजना गरेर नयाँ कार्यसमिति बनाउने तयारी रहेको उपाध्यक्ष खेमराज सापकोटाले जानकारी दिए ।