२०८१ माघ १०, बिहीबार
Health Aawaj logo
गृहपृष्ठसमाचार११ ‘अतिरिक्त सचिव’ बनाउने स्वास्थ्य मन्त्रालयको प्रस्ताव अर्थ मन्त्रालयमा

११ ‘अतिरिक्त सचिव’ बनाउने स्वास्थ्य मन्त्रालयको प्रस्ताव अर्थ मन्त्रालयमा


काठमाडौं—स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा ११ जना अतिरिक्त सचिव बनाउने प्रस्ताव अर्थ मन्त्रालय पुगेको छ । मन्त्रालयले आफू मातहतका संघीय अस्पतालको संगठन संरचनाको प्रस्तावमा अस्पताल प्रमुख १२ औं तहको प्रमुख हुने व्यवस्था प्रस्ताव गरेको छ ।

५०० शैय्याको अस्पताल संरचना प्रस्ताव बनाउन सक्रिय स्वास्थ्यका एक उच्च अधिकारीकाअनुसार प्रत्येक प्रदेशमा कम्तिमा १ वटा संघीय अस्पताल बनाउने गरी उक्त प्रस्ताव गरिएको हो । जसमा हाल सञ्चालनमा रहेकै संघीय अस्पतालहरुलाई क्षमता वृद्धि गरिने गरी प्रस्ताव अर्थ मन्त्रालय पठाइएको छ ।

मन्त्रालयकाअनुसार वीर अस्पतालबाहेक प्रत्येक प्रदेशमा १—१ वटा संघीय अस्पताल हुनेछन् । ती अस्पतालको नेतृत्व १२ औं तह अतिरिक्त सचिवले नेतृत्व गर्नेछन् । अहिले स्वास्थ्य मन्त्रालयअन्तर्गत मन्त्रालयका ३ वटा अतिरिक्त सचिव र वीर अस्पतालमा एक जना अतिरिक्त सचिव रहने व्यवस्था छ । अब उक्त प्रस्तावित संगठन संरचना पास भएमा थप ७ वटा संघीय अस्पतालको नेतृत्व पनि अतिरिक्त सचिवले गर्नेछन् । त्यसो हुँदा स्वास्थ्यमा अतिरिक्त सचिवको संख्या १२ पुग्नेछ ।

हेल्थआवाजलाई प्राप्त ५०० शैय्याको प्रस्तावित संगठन संरचनाअनुसार प्रदेश नं. १ मा रहेको कोशी अस्पताललाई नै ५०० शैय्याको संघीय अस्पताल बनाइनेछ । यसैगरी, मधेश प्रदेशमा नारायणी अस्पताल, बागमती प्रदेशमा भरतपुर अस्पताल, गण्डकी प्रदेशमा पश्चिमाञ्चल क्षेत्रीय अस्पताल (पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानअन्तर्गत), लुम्बिनी प्रदेशमा भेरी अस्पताल र सुदूरपश्चिम प्रदेशमा डडेल्धुरा अस्पताल रहेका छन् । सरकारले यसअघि नै वीर अस्पताल ९०० शैय्याको केन्द्रीय अस्पताल बनाइसकेको छ ।

नयाँ संगठन संरचना प्रस्तावमा कर्णाली प्रदेशका लागि भने संघीय अस्पताल निश्चित भएको छैन् । अधिकारीहरुकाअनुसार कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानअन्तर्गतकै अस्पताललाई विस्तार ५०० शैय्या बनाएर केन्द्रीय अस्पतालका रुपमा विकास गर्ने योजना छ । तर, यसको अन्तिम टुंगो लागिसकेको छैन ।

सुदूरपश्चिम प्रदेश सरकारले सेती प्रादेशिक अस्पताललाई स्तरवृत्ति गरेर ५०० शैय्याको केन्द्रीय अस्पताल बनाउन प्रस्ताव गरेतापनि त्यसको टुंगो लागिसकेको छैन ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ