२०८१ माघ १०, बिहीबार
Health Aawaj logo
गृहपृष्ठसमाचारडा. गोविन्द केसी बिरामीको उपचारमा व्यस्त

डा. गोविन्द केसी बिरामीको उपचारमा व्यस्त


दोलखा—डा. गोविन्द केसी हाडजोर्नी रोग सम्बन्धी बिरामीको उपचार गर्न चरिकोटमा व्यस्त रहेका छन् । सदरमुकाम चरिकोटस्थित पशुपति चौलागाई स्मृति अस्पतालमा विगत ४ दिनदेखि हाडजोर्नी सम्बन्धी बिरामीहरुको उपचारमा रहेका छन् ।

कात्तिक १४ गते बिहानैदेखि उपचारमा खटिएका डा. केसीले दैनिक ५० जनाभन्दा बढीको उपचार गरिसकेका छन् । हाडजोर्नी सम्बन्धी सबै खालका बिरामीहरुको उपचार गरिने भएकाले बिहानैदेखि बिरामीको लाइन लाग्ने गरेका छन् ।

हाडजोर्नी सम्बन्धी निशुल्क उपचार गरिने भएकाले दोलखालगायत रामेछाप र सिन्धुपाल्चोकबाट समेत बिरामीहरु उपचार गर्न आइपुगेका पशुपति चौलागाई स्मृति अस्पतालका सूचना अधिकारी शान्ति प्रसाद न्यौपानेले जानकारी दिए ।

हाल डा. केसीले हाडजोर्नी सम्बन्धी हात, खुट्टा, ढाड दुखेका र हाडजोर्नीको अप्रेशन गरेर समस्या आएका बिरामीका समेत उपचार गरिरहेको सूचना अधिकारी न्यौपानेले जानकारी दिए । बुधबार उनले एक जनाको शल्यक्रियासमेत गरेका छन् ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ