विपी स्वास्थ्य विज्ञान प्रतिष्ठानको डेपुटी अस्पताल निर्देशकमा डा. जयसवाल र डा. लिम्बु
काठमाडौं—विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको डेपुटी अस्पताल निर्देशकमा डा. लोकेश शेखर जसयवाल र डा. इन्द्र लिम्बु नियुक्त भएका छन् । बुधबार प्रतिष्ठानका उपकुलपति डा. ज्ञानेन्द्र गिरीले डा. जयसवाल र डा. लिम्बुलाई डेपुटी अस्पताल निर्देशकमा नियुक्त गरेका हुन् ।
प्रतिष्ठानको अस्पतालको उक्त पद रिक्त रहेको थियो । डा. जयसवाल प्रतिष्ठानको सि.टी.भि.एस. विभागका एसोसियट प्रोफेसर हुन् भने डा. लिम्बु प्रोस्थोडोन्टिक्स विभागका एसिस्टेन्ट प्रोफेसर हुन् ।
१९ जेठदेखि दुवैले जनाले सहायक अस्पताल निर्देशक पदको जिम्मेवारी सम्हाल्दैं आएका थिए । उपकुलपति डा. गिरीले अस्पताल सेवालाई अझ बढी चुस्त र दुरुस्त बनाउनका लागि १६ असोजदेखि लागु हुने गरी उपकुलपतिले डेपुटी अस्पताल निर्देशक पदमा नियुक्त गरेको प्रतिष्ठानका सह—प्रवक्ता डा. चुरामणी पोखरेलले जानकारी दिए ।
धेरै पढिएका
- १ राउटे बस्तीमा निःशुल्क स्वास्थ्य शिविर
- २ सिभिल अस्पताल अब ‘आन्दोलनमुक्त अस्पताल’
- ३ दोलखाका औषधि पसलमा एप्रोनसहितका फर्मासिष्ट
- ४ योग के हो ? यसका प्रकार र फाइदा
- ५ एनसीडीए कोशीको निर्वाचनः काफ्ले र बरालको समूहगत चुनावी मैदानमा
- ६ किन भरिन्छ पेटमा ग्याँस ? कसरी गर्ने उपचार ?
- ७ सरकारले पक्षघातको महंगो औषधि निःशुल्क उपलब्ध गराउने
तपाईको प्रतिक्रिया दिनुहोस