२०८१ माघ १०, बिहीबार
Health Aawaj logo
गृहपृष्ठसमाचारराप्रपा घोषणापत्रः वीर अस्पतालस्तरको अस्पताल ७ वटै प्रदेशमा सञ्चालन गर्ने

राप्रपा घोषणापत्रः वीर अस्पतालस्तरको अस्पताल ७ वटै प्रदेशमा सञ्चालन गर्ने


काठमाडौं—राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले वीर अस्पताल जतिकै अस्पताल सात वटै प्रदेशमा सञ्चालन गर्ने घोषणामा उल्लेख गरेको छ । सोमबार राप्रपाले सार्वजनिक गरेको घोषणापत्रको पहिलो बुँदामा नै वीर अस्पतालस्तरको अस्पताल सातवटै प्रदेशमा सञ्चालन गर्ने बताइएको छ ।

आधारभूत स्वास्थ्य सेवा निःशुल्क, स्वास्थ्य बिमाको पहुँच वृद्धि, सबै बिमितले आफूले चाहेको अस्पतालमा उपचार गर्ने व्यवस्था, स्वास्थ्य बिमामा देखिएको समस्या समाधानको कुरालाई पनि राप्रपाले घोषणा पत्रमा उल्लेख गरेको छ ।

यसैगरी, राप्रपाको घोषणापत्रमा औषधीको गुणस्तर नियन्त्रण, सरकारी कम्पनी औषधी लिमिटेडको सुदृढीकरण, निजी औषधी उत्पादकलाई सहुलियत प्रदान गरेर औषधीमा आत्मनिर्भर बनाउने कुरा पनि उल्लेख छ ।

राप्रपाले वडा स्वास्थ्य केन्द्रमार्फत सबै नागरिकको स्वास्थ्य प्रोफाइल तयार गर्ने कुरालाई पनि चुनावी एजेण्डाका रुपमा अगाडि सारेको छ । सुत्केरीलाई ती महिनासँम्म मासिक तीन हजार भत्ता, स्वास्थ्य स्वयंसेविकालाई प्रोत्साह भत्ता, सिकलसेल एनिमियाको निःशुल्क उपचार, क्यान्सर, मिर्गौला तथा मेरदण्डका बिरामीलाई मासिक भत्ता, प्रत्येक किशोरीलाई पाठेघरको क्यान्सर विरुद्ध निः शुल्कको खोपको व्यवस्था, स्वास्थ्य क्षेत्रमा लगानी वृद्धिको कुरा पनि घोषणा पत्रमा समेटिएको छ ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ