२०८१ चैत्र ६, बुधबार
Health Aawaj logo
गृहपृष्ठसमाचारचिकित्सकको सल्लाह बिना आयुर्वेद औषधी सेवनले स्वास्थ्यमा नकारात्मक असर गर्छ : डा. उपाध्याय

चिकित्सकको सल्लाह बिना आयुर्वेद औषधी सेवनले स्वास्थ्यमा नकारात्मक असर गर्छ : डा. उपाध्याय


काठमाडौं—चिकित्सकको सल्लाह बिना नै आयुर्वेदिक औषधी सेवा गर्दा त्यसले पनि स्वास्थ्यमा असर गर्ने आयुर्वेद विभागका महानिर्देशक डा. वासुदेव उपाध्यायले बताएका छन् । शुक्रबार धनमन्तरी जयन्ती तथा राष्ट्रिय आयुर्वेद दिवसका अवसरमा आयोजित कार्यक्रममा बोल्दैं उनले सो कुरा बताएका हुन् ।

डा. उपाध्यायले जसरी एलोपेथिक औषधी जथाभावी खाँदा मिर्गौला, कलेजोलगायतका शरीरका अंगहरु बिग्रन्छ त्यसैगरी आयुर्वेदिक औषधी पनि चिकित्सकको सल्लाहबिना मात्रा नमिलाइकन सेवन गर्दा नकारात्मक पार्ने बताए । ‘जुन औषधीले रोगलाई निको पार्छ जथाभावी प्रयोग गर्दा त्यसले नकारात्मक असर पनि गर्न सक्छ,’ उनले भने, ‘त्यसकारण आयुर्वेदिक औषधी भन्दैंमा जथाभावी सेवन गर्नुहुँदैन् ।’

सो अवसरमा एक वर्षमा देशभर १७ लाखभन्दा बढी बिरामीहरुलाई आयुर्वेदिक उपचार सेवा प्रदान गरेको जानकारी उनले दिएका थिए । आयुर्वेद उपचार पद्धति भनेको मानिसको जीवन पद्धतिसँग जोडिएको उपचार पद्धति भएको हुँदा औषधीलाई मात्रै उपचार पद्धति मान्न नहुने उनको भनाइ थियो ।

आयुर्वेद तथा वैकल्पिक चिकित्सा विभागकाअनुसार हाल नेपालभर २ सय ९८ वटा नागरिक आयुर्वेद सेवा केन्द्र, ३ सय ८२ वटा नागरिक आरोग्य समिति, ३ सय ५ वटा आयुर्वेद औषधालय र ७७ वटा जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र रहेका छन् ।

आयुर्वेद तथा वैकल्पिक चिकित्सा विभागले ७७ वटै जिल्लामा आयुर्वेद चिकित्सा सेवा, जेष्ठ नागरिक सेवा कार्यक्रम, स्तनपाई आमा दुग्धवद्र्धक औषधी वितरण, नागरिक आरोग्य कार्यक्रम, विद्यालय आयुर्वेद तथा योग कार्यक्रम, आयुर्वेद योग शिविर, खुला योग तथा व्यायाम कार्यक्रमलगायतका कार्यक्रमहरु सञ्चालन गर्दै आएको छ ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ