२०८१ माघ २५, शुक्रबार
Health Aawaj logo
गृहपृष्ठसमाचार४८ जना नयाँ कोभिड-१९ संक्रमित थपिए, ५० जना संक्रमणमुक्त

४८ जना नयाँ कोभिड-१९ संक्रमित थपिए, ५० जना संक्रमणमुक्त


काठमाडौं—नेपालमा थप ४८ जनामा कोभिड-१९ संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार पछिल्लो २४ घण्टामा थप ४८ जनामा कोभिड पोजेटिभ देखिएको हो ।

पछिल्लो २४ घण्टामा ५० जना कोभिड-१९ संक्रमणमुक्त भएका छन् । यससँगै अहिलेसम्म नेपालमा कोभिड-१९ संक्रमणमुक्त हुनेको संख्या ९ लाख ८७ हजार ५ सय २९ पुगेको छ ।

मन्त्रालयकाअनुसार बुधबारसम्म नेपालमा ७ सय २८ सक्रिय संक्रमित रहेका छन् ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ