काठमाडौं—स्वास्थ्य सेवा विभागको केन्द्रीय स्टोरमा कोभिड-१९ विरुद्धको ४० लाख १८ हजार डोज खोप मौज्दात रहेको पाइएको छ । शुक्रबारसम्म टेकुस्थित खोप व्यवस्थापन शाखाको स्टोरमा ४० लाख १८ हजार ८ यस डोज खोप मौज्दात रहेको छ ।
जसमध्ये ४० लाख डोज चिनियाँ खोप सिनोभ्याकको छ । त्यसैगरी, पेडियाट्रिक फाइजर खोप ४ हजार ८ सय डोज मौज्दात छ ।शाखाकाअनुसार एडल्ट फाइजर १४ हजार डोज मौज्दात छ ।
सरकारले कोभिड—१९ विरुद्धको खोप अभियान सकिसकेको छ । जसका कारण अहिले कोभिड—१९ विरुद्धको नियमित खोप अभियान सञ्चालनमा छैन् । तर, आवश्यक परेका ठाउँमा शाखाले खोप उलब्ध गराइरहेको छ ।
खोप शाखाका प्रमुख सागर दाहाल अहिले कोभिड—१९ विरुद्धको खोप ‘फोकल टु फोकस’ शैलीमा खोप वितरण भइरहेको बताउँछन् । ‘अहिले सरकारले कोभिड—१९ विरुद्धको खोप अभियान चलाएको छैन । हामीले बालबालिकाहरुका लागि पनि खोप अभियान चलाएर सकिसकेका छौं,’ उनले भने, ‘आवश्यक ठाउँमा खोप माग भएमा ‘फोकल टु फोकस’ शैलीमा आपूर्ति गर्दै आएका छौं ।’