२०८१ माघ ११, शुक्रबार
Health Aawaj logo
गृहपृष्ठसमाचारसंस्कृतिविद् शताब्दी पुरुष सत्यमोहन जोशी रहेनन्

संस्कृतिविद् शताब्दी पुरुष सत्यमोहन जोशी रहेनन्


काठमाडौं-संस्कृतिविद् सत्यमोहन जोशीको निधन भएको छ । आइतबार विहान ग्वार्कोस्थित किष्ट मेडिकल कलेजमा उनको १०३ वर्षको उमेरमा निधन भएको हो ।

अस्पताल स्रोतकाअनुसार उनको विहान ७ बजेर ९ मिनेटमा निधन भएको जानकारी दिए । ७ असोजदेखि अस्पतालमा उपचार गराइरहेका जोशीको स्वास्थ्य समस्या बढेपछि उनलाई इन्सेन्टीभ केयर युनिट (आईसीयुमा राखेर उपचार थालिएको थियो । विहीबारदेखि स्वास्थ्य अवस्था बिग्रदै गएकोमा शुक्रबारबाट जटिल बनेको थियो ।

मुटु र फोक्सोसँग सम्बन्धित समस्यासँग जुधिरहेका शताब्दी पुरुष जोशीलाई डेंगी संक्रमण भएपछि अस्पताल भर्ना गरिएको थियो ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ