काठमाडौं–४ मंसिरमा प्रतिनिधीसभा र प्रदेशसभाको निर्वाचन हुँदैछ । आइतबार प्रत्यक्षतर्फ प्रतिनिधीसभा तथा प्रदेशसभाको उम्मेदवार मनोनयन भएको छ ।
जसमा पूर्व स्वास्थ्यमन्त्रीहरुले पनि विभिन्न ठाउँबाट उम्मेदवारी दिएका छन् । जनता समाजवादी पार्टीका अध्यक्षसमेत रहेका पूर्व स्वास्थ्यमन्त्री उपेन्द्र यादवले सप्तरी २ नं.बाट प्रतिनिधीसभामा उम्मेदवारी दर्ता गराएका छन् ।
यस्तै, नेपाली कांग्रेसका महामन्त्रीसमेत रहेका पूर्व स्वास्थ्य मन्त्री गगन थापाले काठमाडौं ४ बाट प्रतिनिधीसभामा उम्मेदवारी दिएका छन् । पूर्व स्वास्थ्यमन्त्री दीपक बोहोरा राप्रपाबाट रुपन्देही ३ मा प्रतिनिधीसभामा उम्मेदवार भएका छन् ।
पूर्व स्वास्थ्यमन्त्री रहेका एमाले नेता भानुभक्त ढकालले प्रतिनिधीसभातर्फ मोरङ ३ बाट उम्मेदवारी दर्ता गराएका छन् भने शेरबहादुर तामाङले सिन्धुपाल्चोक २ बाट प्रतिनिधीसभामा उम्मेदवारी दिएका छन् । पूर्व स्वास्थ्य मन्त्री तथा लोसपाका नेता राजेन्द्र महतो सर्लाही ३ बाट उम्मेदवार बनेका छन् ।
यसैगरी, पूर्व स्वास्थ्यमन्त्री तथा एमाले नेता खगराज अधिकारी कास्की १ क प्रदेशबाट प्रदेशसभाको उम्मेदवार बनेका छन् ।
उपेन्द्र यादव सप्तरी २
गगन थापा काठमाडौं ४
दिपक बोहरा रुपन्देही ३
राजेन्द्र महतो सर्लाही ३
शेरबहादुर तामाङ सिन्धुपाल्चोक २
भानुभक्त ढकाल मोरङ ३
खगराज अधिकारी कास्की १ (क)