२०८१ माघ ११, शुक्रबार
Health Aawaj logo
गृहपृष्ठसमाचारडा. जागेश्वर गौतमको दशैं अनुभवः टिका लगाउन छाडेर अस्पताल गएको छु

डा. जागेश्वर गौतमको दशैं अनुभवः टिका लगाउन छाडेर अस्पताल गएको छु


वरिष्ठ स्त्री तथा प्रसुति रोग विशेषज्ञ डा. जागेश्वर गौतम २८ वर्षदेखि निन्तर बिरामी सेवामा छन् । गत असारमात्रै सरकारी सेवाबाट अवकास लिएका उनले देशका विभिन्न अस्पतालमा बिरामीको सेवा गरे ।

२८ वर्ष लामो उनको डाक्टरी जीवनमा दशैंका दिन अस्पतालमै सेवामा बिताउनु कुनै नयाँ कुरा होइन् । ‘बिदाको दिन ड्युटी पर्नु मेरा लागि कुनै नौलो कुरा होइन्,’ उनी सुनाउँछन्, ‘गएको वर्ष मात्रै पनि टिकाको दिन छोराछोरीलाई टिका लगाउन हात लम्काउँदैं गर्दा अस्पतालबाट फोन आयो । तुरुन्तै आउनुपर्यो ?’

डा. गौतमको घरदेखि अस्पताल १० मिनेटको दुरीमा छ । त्यही कारण टिका नै नलगाएर डा. गौतम अस्पताल गए । शल्यक्रिया गरेर आए । त्यसपछि टिका लगाउने कार्यक्रम सुरु गरे ।

उनको जीवनमा दशैंको दिन यस्तो संयोग परेको यो पहिलो पटक होइन् । ‘मैले काम गर्न थालेको २८ वर्ष भयो । यो बीचमा काम गर्दै जाँदा ५–६ पटक दशैंमा यस्तो परेको छ,’ उनले भने, ‘म आफ्नो इच्छाले नै डाक्टर भएको हुँदा कसैलाई अप्ठ्यारो परेको बेला सेवा गर्न पाउँदा खुसी लाग्छ ।’

डा. गौतम अस्पताल जुनसुकै समयमा पनि जानुपर्ने हुन सक्छ भन्ने कुरा उनकी श्रीमती छोराछोरीहरुले राम्रोसँग बुझेका छन् । ‘सुरुमा काम गर्दाखेरि बिदाको दिन काम गर्न नपरे हुन्थ्यो जस्तो लाग्थ्यो,’ उनी स्मरण गर्छन्, ‘तर, अस्पतालमा आलोपालो हुन्थ्यो । २–३ वर्षमा एक दुई पटक आफ्नो पालो आउँछ भन्ने कुरा बिर्सदैनौं । त्यसका लागि तयारी अवस्थामा बस्नुपर्ने हुन्थ्यो ।’

तर, आजभोलि त डा. गौतम प्रायःजसो बिरामी इमर्जेन्सी परेर अस्पतालमा आउने बितिकै अस्पताल पुगिहाल्छन् ।

प्रस्तुतिः भूमिका विष्ट


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ