२०८१ पुस ११, बिहीबार
Health Aawaj logo
गृहपृष्ठसमाचारनारायणी अस्पतालको ५०० शै्ययाको ओएनएमः १९१ चिकित्सक, ४१४ नर्ससहित दरबन्दी थप्न प्रस्ताव

नारायणी अस्पतालको ५०० शै्ययाको ओएनएमः १९१ चिकित्सक, ४१४ नर्ससहित दरबन्दी थप्न प्रस्ताव


काठमाडौं—वीरगन्जस्थित नारायणी अस्पतालले ५०० शै्ययाको प्रस्तावित संगठन संरचना स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा पठाएको छ । स्वास्थ्य मन्त्रालयले ५०० शैय्याका अस्पतालको संगठन संरचना प्रारम्भिक खाका बनाएर एकरुपता ल्याउने तयारी गरिरहेका बेला नारायणीले पनि आफ्नो प्रस्ताव मन्त्रालयमा पठाएको हो ।

केन्द्रीय अस्पतालका रुपमा रहेको नारायणी अस्पतालले प्रस्तावित संरचनामा आगामी ५ वर्षभित्र १९१ जना चिकित्सक र ४१४ जना नर्सहरुको दरबन्दी थप्न प्रस्ताव गरेको छ ।

अन्य विभिन्न पदमामा गरी आगामी पाँच वर्षभित्र थप ९९४ कर्मचारीको दरबन्दी थप्न उक्त ओएनएममा प्रस्ताव गरिएको छ । जसमध्ये चालु आर्थिक वर्षमा ५४२ जना र आगामी ५ वर्षका लागि ४५१ जना कर्मचारी थप्ने प्रस्ताव गरिएको छ ।

अस्पतालले ५०० शैय्यामा स्तरोन्नती गरी सुपरस्पेसियालिटी सेवा प्रदान गर्नका लागि उक्त जनशक्ति थप गर्नुपर्ने प्रस्ताव गरेको हो ।

अहिले ३ सय शैय्या सञ्चालनमा रहेको नारायणी अस्पतालमा ३२१ जना कर्मचारी छन् । जसमध्ये नेपाल सरकारतर्फको दरबन्दीका १९१ र विकास समितितर्फका १३० जना कर्मचारी अस्पतालमा कार्यरत छन् ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ