२०८१ माघ ११, शुक्रबार
Health Aawaj logo
गृहपृष्ठसमाचार८१ जना नयाँ कोभिड–१९ संक्रमित थपिए, १७५ जना निको भए

८१ जना नयाँ कोभिड–१९ संक्रमित थपिए, १७५ जना निको भए


काठमाडौं–नेपालमा थप ८१ जनामा कोभिड–१९ संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार पछिल्लो २४ घण्टामा ८१ जनामा कोभिड पोजेटिभ देखिएको हो ।

काठमाडौं भित्र भक्तपुरमा १ जना र काठमाडौंमा १४ गरी १५ जनामा संक्रमण पुष्टि भएको छ ।

पछिल्लो २४ घण्टामा १ सय ७५ जना कोभिड–१९ संक्रमणमुक्त भएका छन् ।

मन्त्रालयकाअनुसार पछिल्लो २४ घण्टामा कोभिड–१९ संक्रमणबाट कसैले पनि ज्यान गुमाउनु परेको छैन । नेपालमा हालसम्म कोभिड–१९ कारण ज्यान गुमाउनेको संख्या १२ हजार १६ रहेको छ ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ